१ पुस २०८२, मंगलबार | December 17, 2025

सकियो माधव नेपाल र भीम रावलबीचको भेटवार्ता



काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष डा. भीम रावलबीचको भेटवार्ता सकिएको छ ।

रावललाई भेट्न नेता नेपाल बुधबार साँझ उनकै निवास टोखा पुगेका थिए । रावल बुधबारको नेपाल पक्षीय स्थायी कमिटी बैठकमा अनुपस्थित भएका थिए ।

स्रोतका अनुसार करिब २ घण्टाको कुराकानीपछि नेता नेपाल रावल निवासबाट फर्किएका छन् । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनु अगाडि रावलले प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा घोषणा गरेका थिए ।

रावलले बुझाएको राजीनामाको पत्र अहिले संघीय संसद सचिवालयमा विचाराधीन छ । भेटमा रावलले दिएको राजीनामा र पार्टीभित्रको समस्याका बारेमा छलफल भएको बुझिएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ८ : ४६ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष