२१ चैत्र २०८२, शनिबार | April 4, 2026

बिभिन्न अपराधमा १५ वर्ष बढी कैद र ६२ लाख बढी जरिवानामा परेका ५ फरार कसुरदार रुपन्देही प्रहरीबाट पक्राउ



बुटवल । रुपन्देही प्रहरीले बिभिन्न अपराधिक घटना घटाएर फरार भएकाहरुलाई पक्राउ गर्ने अभियानलाई तिब्र पारेको छ । अदालत तथा जिल्ला प्रशासनमा मुद्दा हारेपछि फरार रहेकाहरुलाई प्रहरीले फरार अप्रेशन अभियान (एफओपी) संचालन गरेर खोज्ने र सजाँय दिलाउने काम गर्दै आएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रहरीका अनुसार गत बैशाख यता प्रहरीले २२ जना फरार अपराधीहरुलाई नियन्त्रणमा लिएर सम्बन्धित निकयमा बुझाएको छ ।

फरार अपराधी खोज्ने क्रममा बिहिबार प्रहरीलाई थप सफलता मिलेको छ । बिभिन्न कसुरमा लामो समय देखि फरार रहेका ५ जना कसुरदारलाई रुपन्देही प्रहरीले पक्राउ गर्न सफल भएको हो । प्रहरीको एसओपी अभियानबाट बिहिबार फरक फरक मुद्दामा १५ वर्ष ३० दिन सजाँय तथा ६२ लाख ५ हजार जरिवाना तोकिएका ५ जनालाई पक्राउ गरिउको रुपन्देही प्रहरी प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए ।

डीएसपी थापकाका अनुसार जघन्य अपराधमा संलग्न भएका प्रतिवादीहरुलाई जिल्ला प्रहरी कार्यालय मातहतका वडा प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट खटिएको प्रहरी टोलीले ३ दिनका बीचमा ५ जना प्रतिबादीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा रुपन्देही जिल्ला अदालतको मिति २०६७ असार ९ गतेको फैसलाले जवर्जस्ती करणी मुद्धामा १० बर्ष कैद तोकिए पछि फरार रहेका बुटवल उपमहानगरपालिका ४ का स्थायी बासिन्दा ५८ वर्षिय पुर्ण बहादुर पाण्डेलाई नवलपुर मध्यविन्दु १४ बाट पक्राउ गरिएको छ भने जिल्ला अदालतको मिति २०७७ माघ २८ गतेको फैसलाले बैंङकिङ कसुर मुद्धामा ५ दिन कैद र १२ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पर्वत कार्कीनेटा ६ स्थायी ठेगाना भएका रुपन्देही बुटवल ८ बस्ने अशोक कुमार शर्मालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

त्यसैगरी रुपन्देही जिल्ला अदालतकोमिति २०७६ फागुन १४ गतेको फैसलाले बैंङकिङ कसुर मुद्धामा १५ दिन कैदर १४ लाख जरिवाना तोकिएपछि फरार भएका तिलोत्तमा ५ रुपन्देहीका ४२ वर्षिय एक नारायण अर्याल तथा जिल्ला अदालतको मिति २०७६ पुस २३ गतेको फैसलाले बैंकिङ कसुर मुद्धामा १० दिन कैद र ३६ लाख जरिवाना तोकिएपछि फरार रहेका बुटवल १३ रुपन्देहीका ४६ वर्षिय शिव कुमार रणलाईपनि प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले रुपन्देही जिल्ला अदालतकै मिति २०६७ माघ ४ गतेको फैसलाले लागु औषध ब्राउन सुगरमुद्धामा ५ बर्ष कैद र ५ हजार जरिवानाको फैसला भएको फरार प्रतिवादी बुटवल १३ का विशन रानालाई पनि पक्राउ गरि अदालतमा बुझाईएको प्रहरी प्रवक्ता डीएसपी थापाले बताए ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ९ : ५९ बजे

ओखलढुङ्गामा आगलागी, ५७ लाख बढीको क्षति

ओखलढुङ्गा । जिल्लाको सिद्धिचरण नगरपालिका–२, केउरेनीका बुद्धिकुमार आचार्यका दुई वटा

स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेण्टल

मतदाता नामावली भोलिदेखि सङ्कलन गरिँदै

काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम

इरानसँगको युद्धमा अमेरिकी वायुसेनाले कम्तीमा सात विमान गुमायो

इरानसँग जारी युद्धका क्रममा अमेरिकी वायुसेनाले कम्तीमा सातवटा मानवसवार विमान

नयाँ हवाई प्रतिरक्षा प्रविधिले अमेरिकी लडाकु विमान खसालिएको इरानी कमाण्डरको दाबी

इरानका एक वरिष्ठ सैन्य कमाण्डरले आफ्नो देशका सुरक्षा बलहरूले नयाँ