६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

नेपालको इतिहासमै पहिलोपटक सर्वोच्चको परमादेशबाट प्रधानमन्त्री पाइयो : सुवास नेम्वाङ



काठमाडौं । नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले सर्वोच्च अदालतको फैसलाले नेपालको संविधानको अक्षर र भावना खल्बलाएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिँदै प्रमुख प्रतिपक्षी दल एमाले संसदीय दलका उपनेता नेम्वाङले अदालतको आदेशले शक्तिपृथकीकरणको सन्तुलन खल्बलिएको बताए । नेम्वाङले नेपालको इतिहासमै पहिलो पटक जनताको जनादेशबाट नभै सर्वोच्चको परमादेशबाट प्रधानमन्त्री प्राप्त गरेको बताए । नेम्वाङले सर्वोच्चले फैसलाले धेरै कुरामा प्रश्न उठाएको बताए ।

नेम्वाङले भने, ‘संविधानले निर्वाचनमार्फत प्रधानमन्त्री आउँछ भन्ने संविधान आउँछ भन्ने सोचेको छ । अहिले पहिलोपटक संसदबाट नभै जनताको जनादेशबाट नभै सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री प्राप्त गरेका छौं । दलको तर्फबाट प्रधानमन्त्रीलाई बधाई दिँदादिँदै यो यथार्थ कुरा मैले राखेको छु ।’

नेम्वाङले यौटै दलबाट निर्वाचित भएका सांसदहरु सभामुखको आसनको दायाँ र बायाँ बस्न सक्ने अवस्था सही हो कि होइन भन्ने प्रश्न गरे ?

अब बाँकी रहेको अवधीमा अहिले उठेको प्रसंगहरुलाई कसरी लिएर अघि बढ्नुहुन्छ भन्ने विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएँ । ‘केही समयअघि प्रधानमन्त्री देउवाले हामीलाई जनताले जनादेश दिएका छैनन् त्यसैले म सरकारमा जानेवाला छैन भन्नुहुन्थ्यो’ भन्दै नेम्वाङले भने, ‘अहिले त बधाई दिने पो अवस्था आयो । कहिले बधाई दिने अवस्था आएछ थाहै भएन ।’

नेम्वाङले प्रधानमन्त्री देउवालाई सम्बोधन गर्दै आफ्नो दलले प्रधानमन्त्रीसँगै डिलिङ गर्ने जनाए । उनले सत्तारुढ दलको कुनै व्यत्तिसँग डिलिङ नगर्ने बताए । ह्वीप तपाईंहरुको पार्टीभित्र लाग्नुपर्ने अर्को पार्टीमा नलाग्नुपर्ने हो ? नेम्वाङले प्रश्न गरे । ह्वीपबारे सर्वोचच्ले गरेको फैसला संविधानसंमत छैन भन्ने आफुहरुको मान्यता भएको उनले बताए ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  १ : ४४ बजे

दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु

दाङ । दाङमा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्तिको मृत्यु

आज रातीबाट दोस्रो पटक नेपालगन्ज नाका सिल

नेपालगन्ज । स्थानीय प्रशासनले आज रातीबाट नेपाल भारत सीमाको बाँके

एमाले बाँके नवौं अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदारी, निर्वाचन आइतबार बिहानै

नेपालगन्ज । बाँकेमा जारी नेकपा एमालेको नवौं जिल्ला अधिवेशनमा सर्व

संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत

काठमाडौं । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसद्को गतिरोध

भरतपुरमा सन्तानब्बे वर्षीयाको स्तन क्यान्सरको सफल शल्यक्रिया

चितवन । चितवनमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया