१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

राजपा केन्द्रको कार्यकारिणीमा बहुमत नपुग्ने निश्चित भएपछि सनाखत रोक्न माग गर्दै महन्त पुगे अदालत



काठमाडौं । निर्वाचन आयोगले कार्यकारिणी समितिको टाउको गनेर आधिकारिकता दिने संकेत पाएपछि जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर आयोगले बोलाएको आधकारीकताको सनाखत रोक्न माग गर्दै सर्वोच्च अदालत पुगेका छन् ।

आयोगले आफूले हेरफेर गरेको केन्द्रीय कार्यकारिणी समितिलाई मान्यता नदिई पुरानै समितिको सनाखत गर्न बोलाउने निर्वाचन आयोगको निर्णय रोक्न जसपा महन्त पक्ष अदालत पुगेका हुन् ।

जसपा विवाद निरुपण गर्न भन्दै निर्वाचन आयोगले गठन गरेको इजलासले साउन ११ गते बहुमत परीक्षण गर्न जसपा र राजपा एकिकरण हुँदाका बखत आयोगमा बुझाएको कार्यकारिणी समितिलाई आधार मान्दै सबै सदस्यहरुलाई नागरिकता वा मतदाता लिष्ट सहित आयोगमा उपस्थित हुन भनेको छ । आज महन्त पक्षले भने रिट निवेदनमा निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गरिएको छ ।

रिटमा मुद्दाको अन्तिम किनारा नलागेसम्म सो निर्णय कार्यन्वयन नगराउन निर्वाचन आयोगका नाममा अन्तरिम आदेश माग गरिएको छ ।

राजपा महन्त पक्ष केन्द्रीय कार्यकारिणीमा लगातार अल्पमतमा रहेका छन् भने एमालेसँगकाे साँठगाँठ रहँदा सम्म संसदीयदलमा बहुमतमा देखिएका महन्त पक्ष दाेस्राे पटक प्रतिनिधिसभा पुनर्स्थापना भएपछि संसदीय दलमा पनि रक्षात्मक अवस्थामा पुगेका छन् ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  १० : २९ बजे

जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति

काठमाडौँ । नेपाल बार एसोसिएसनले गत भदौ २३ र २४

मातृभाषामा शपथ खाने साँसदहरुको संख्या ६३ पुग्यो

काठमाडौं । संघीय संसद अन्तर्गत नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरु मध्य ६३

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर । होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल

रास्वपा केन्द्रीय समितिको बैठक आज बस्दै, संसदीय दलको नेता छान्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक