२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

खोप प्रमाणीकरणमा सहज



काठमाडौं । मेछामको लिखु तामाकोसी गाउँपालिका-४ का रामहरि दाहाल यतिखेर कतार जानका लागि तयारी अवस्थामा छन् । यसअघि उनी ३ वर्ष कतार बसेर आएका हुन् । कोरोना भाइरसका कारण सिर्जना भएको दोस्रो बन्दाबन्दी (निषेधाज्ञा) अघि उनी काठमाडौ आएका थिए ।

निषेधाज्ञापछि उनी कतार जान पाएका छैनन् । २ महिनाका लागि बिदामा आएका दाहाल अहिलेसम्म नेपालमै छन् । कतारमा काम गरिरहेको संस्थाले कोरोना विरुद्धको खोप लगाएर मात्र आउन भनेपछि उनी अहिलेसम्मै नेपालमै रहने अवस्था सिर्जना भएको हो । अमेरिकाले कोरोना विरुद्धको जोन्सन एन्ड जोन्सन खोप नेपालमा पठाएपछि सरकारले विदेश जाने कामदारका लागि भिसा भएकालाई पनि खोप लगायो ।

उनले वीर अस्पतालमा ६ घण्टा लाइनमा बसेपछि बल्लतल्ल खोप लगाए तर पनि उनी कतार जान पाएका छैनन् । खोप लगाएको प्रमाणका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा बिहान ९ बजे खोप प्रमाणीकरणका लागि पुगे । उनले बेलुकी ४ बजे मात्र खोप प्रमाणीकरणको प्रमाणपत्र पाएका छन् । २ दिन यही काममा अल्मलिएका दाहालले अब भने सहजै कतार पुगेर आफ्नो कामलाई निरन्तरता दिनेछन् ।

खोटाङ चर्खौले घर भई हाल स्वयम्भू बस्दै आएका नवराज सुवेदी पनि २ वर्ष विदेशमा काम गरेर नेपाल फर्किएका थिए । डेढ महिनाको बिदा लिएर नेपाल आएका सुवेदीको समस्या त्यही हो । नेपाल आउनेबित्तिकै कोरोना बढेकाले यतिखेर उनी नेपालमै छन् । जोन्सन एन्ड जोन्सनको खोप लगाइसकेका उनी अब भने विदेश उड्न पाउनेछन् ।

खोप प्रमाणीकरणका लागि उनले २ घण्टा मात्र लाममा बस्नुपर्‍यो । पछि चिनेको साथीमार्फत छिट्टै खोप प्रमाणीकरण गरे । यसअघि टेकु अस्पतालमा खोप प्रमाणीकरणका लागि हजारौंको लाइन हुने गरेको थियो । उक्त विषय गोरखापत्र दैनिक लगायतले उठाएपछि अहिले सरकारले खोप प्रमाणीकरणका लागि टेकुसहित ४ अस्पताललाई तोकेको छ ।

दाहाल र सुवेदीजस्ता हजारौं विदेशमा काम गर्न जाने युवाले खोप लगाउन र प्रमाणीकरणका लागि धेरै दुःख झेल्नुपर्‍यो । ४ वटा केन्द्र तोकेपछि अब अन्य विदेश जानेले प्रमाणीकरणका लागि दुःख झेल्नुपर्ने छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले एउटै अस्पतालबाट मात्र खोप प्रमाणीकरणको व्यवस्था गर्दा धेरैले लाइनमा बसेर दुःख पाएको भन्दै ३ स्थानमा उक्त सुविधा थप गरिएको जानकारी दिए । अब विदेश जानेहरूले खोप प्रमाणीकरणका लागि दुःख नपाउने अवस्था सिर्जना हुने विश्वास उनले व्यक्त गरे ।

टेकु अस्पतालका निर्देशक डा। अनुप बाँस्तोलाले शुरूमा टेकु अस्पतालबाट मात्रै खोप प्रमाणीकरणका लागि आउँदा समस्या भएपछि सरकारले नयाँ स्थान थप गरेपछि अवस्था सामान्य भइसकेको जानकारी दिए । वरिष्ठ भाइरोलोजिस्ट डा. वासुदेव पाण्डेले सरकारले यसअघि नै खोप प्रमाणीकरणका लागि ठाउँ तोक्नुपर्ने बताए ।

नेपालीले खोप लगाइसकेपछि पनि खोप लगाएको छु भन्नका लागि दुःख पाउनु ज्यादै दुःखद विषय भएको उनी बताउँछन् । स्वास्थ्य मन्त्रालयले एउटा मात्र केन्द्रमा हजारौंको लाइन भएपछि काठमाडौं र ललितपुरका गरी ४ ठाउँबाट कोभिड खोप कार्ड प्रमाणीकरण गर्ने व्यवस्था गरेको छ । टेकुमा खोप कार्ड प्रमाणीकरण गराउनेको चाप अत्यधिक बढेपछि मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै थप ३ ठाउँबाट सो कार्य गर्ने निर्णय भएको हो ।

निर्णयअनुसार टेकुसहित मीनभवनस्थित सिभिल अस्पताल, पाटन अस्पताल र बलम्बुको सशस्त्र प्रहरी अस्पतालबाट समेत खोप कार्ड प्रमाणीकरण हुनेछ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखा प्रमुख डा. झलक गौतमले अब यस्तो समस्या नहुने विश्वास व्यक्त गरे । आजको गोरखापत्र दैनिकमा सरोज ढुङ्गेलले लेखेका छन ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ७ : १७ बजे

झापामा १२को परीक्षा दिएर फर्किदै गरेकी छात्रामाथि गोली प्रहार

झापा। झापाको दमक स्थित हिमालय माध्यमिक विद्यालयमा परीक्षा दिएर फर्कदै

महानगरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढीले पाए रोजगारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३०

नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास

आजको डिजिटल युगमा डिजिटल माध्यमको प्रयोगसँगै साइबर अपराध समेतको बढ्दो

बाँकेमा ११ महिनामा १२ सुत्केरीको पर्याप्त उपचार नपाएर मृत्यु

नेपालगन्ज । मेडिकल हवकारुपमा दाबी गरिएको बाँकेमा चालु आर्थिक वर्षमा

नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई जना पक्राउ

काठमाडौं । नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा २ जनालाई मंगलबार दिउँसो