२१ चैत्र २०८२, शनिबार | April 4, 2026

भारतबाट नेपाल भित्राइँदै गरेको १४ लाख बढीको बिना भन्सारको सामान प्रहरी नियन्त्रणमा



बुटवल । रुपन्देही प्रहरीले भन्सार छलेर नेपाल भित्राइँदै गरेको १४ लाख बढीको सामान र वसारपसारमा प्रयोग हुने एउटा सवारी साधन नियन्त्रणमा लिएको छ । नेपाल भारत सीमा नाकाबाट एउटा गाडी र व्यापारिक प्रयोजनको समान नेपाल भित्राईँदै गरेको अवस्थामा बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार लु २ ख १२९९ नम्बरको बलेरो पिकअप गाडीमा भन्सार छली अवैध रुपमा ल्याउँदै गरेको २६ बोरा चिनि, १८ बोरा मटर, बिभिन्न किसिमका लत्ता कपडा, हुक्का स्मोक पाईप, हुक्काको आल्मिनियम ग्राईन्डर, हुक्का फेलेबर, हुक्का पाईप, हुक्का पेपर र मिनि हुक्का लगायतका बिभिन्न माल सामनहरु सहित भारतवाट नेपालतर्फ आउँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले गरेको अनुमानित मुल्याङ्कनका आधारमा गाडी सहित १४ लाख ४४ हजार कायम गरि बेलहिया भन्सार कार्यालयमा बुझाईएको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक सत्यनारायण थापाले जानकारी दिए ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ९ : २२ बजे

नयाँ शैक्षिकसत्र वैशाख २ गतेदेखि, पाठ्यपुस्तक विद्यालयमा पु-याइँदै

काठमाडौं । आगामी वैशाख २ गतेदेखि प्रारम्भ हुने नयाँ शैक्षिकसत्रका

कांग्रेसलाई एकढिक्का बनाउन अन्तिमसम्म प्रयास गर्छु : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेसलाई एकढिक्का

युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’

काठमाडौं । पश्चिम एसियाको युद्धका क्रममा संयुक्त अरब इमिरेट्स (युएई)मा

ओखलढुङ्गामा आगलागी, ५७ लाख बढीको क्षति

ओखलढुङ्गा । जिल्लाको सिद्धिचरण नगरपालिका–२, केउरेनीका बुद्धिकुमार आचार्यका दुई वटा

स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेण्टल