२१ माघ २०८२, बुधबार | February 4, 2026

एमाले नेपाल पक्षको बैठक आज पनि बस्दै, संसदमा बस्ने आसनका विषयमा निर्णय हुने



काठमाडौं । नेकपा एमालेको काठमाडौं । नेपाल पक्षको स्थायी कमिटीको बैठक आज पनि बस्ने भएको छ । नयाँ बानेश्वरको बुद्धनगरमा सोमबार दिउँसोबाट शुरु भएको बैठक आज पनि जारी रहने नेपाल पक्षीय एक स्थायी कमिटी सदस्यले बताए ।

नेपाल पक्षको केन्द्रीय कमिटीले दिएको पार्टी एकता कायम राख्ने निर्णय कार्यान्वयनका बिषयमा छलफल केन्द्रीत हुने ती नेताले बताए । बैठकमा विघटित कार्यदलले तयार पारेको १० बुँदे प्रस्ताव, सत्तारुढ गठबन्धनमा नेपाल पक्षको उपस्थिती, केन्द्रीय कमिटीले पास गरेको एकता कायम राख्ने निर्णय लगायतको एजेण्डामा छलफल जारी रहेको बताईएको छ । आईतबारको बैठकमा बैठकमा कार्यदलले सहमति गरेको १० बुँदे प्रस्तावमा पनि छलफल भएको थियो ।

आईतबारको बैठकमा विघटन भएको कार्यदलका सदस्यहरुले पार्टी एकताका लागि १० बुँदे सहमति कार्यान्वयन गर्न नेताहरुलाई आग्रह गरेका थिए । लामो समय लगाएर कार्यदलबाट एकताको प्रस्ताव तयार भएपनि ओली र नेपाल पक्ष दुबै तर्फबाट प्रस्ताव कार्यान्वयन भएको छैन ।

पछिल्लो समय नेपा पक्ष भित्रैबाट नेपाल पक्षको फरक अस्तित्व कायम गर्ने की एकताबद्ध भएर जाने भन्ने विषयमा मत बिभाजन भएको देखिएको छ । कार्यदलका सदस्यहरुले संसद पुनर्स्थापनाको च्याप्टर सकिएका कारण अव एकताबद्ध भएर जिम्मेवार प्रतिपक्ष बन्न्ु पर्ने धारणा अगाडि सारेका छन् भने अर्को पक्षले समान अधिकार सहितको प्याकेजमा सहमति कायम नगरि ओलीको भर पर्न नहुने तर्क गरिरहेका छन् । राम कुमारी झाँक्री, जगन्नाथ खतिवडा, मेटमणी चौधरी, बिजय पौडेल लगायत गठबन्धन तोड्ने उद्देश्यले मात्र अध्यक्ष केपी ओलीले एकताको भाका बोलेको बताउँदै आएका छन् भने कार्यदलमा रहेका भिम रावल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे लगायतले कार्यदलले तयार पारेको प्रस्तावले सबै समस्या समाधान गर्ने पक्षमा उभिएका छन् ।

बैठकले संसदमा नेपाल पक्षका सांसदहरु सत्ता पक्षमा बस्ने की विपक्षमा भन्ने कुराको पनि निक्र्योल गर्ने बताईएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  १० : १५ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता