२७ आश्विन २०८३, मंगलबार | October 13, 2026

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता, मन्त्रिपरिषद् विस्तारबारे छलफल



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री देउवालाई भेट गर्न अध्यक्ष प्रचण्ड मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

सत्तारुढ गठबन्धनका मुख्य दुई पार्टीका शीर्ष नेतृत्वबीच मन्त्रिपरिषद् विस्तार र न्यूनतम साझा कार्यक्रमकै विषयमा छलफल भएको छ ।

निर्वाचन आयोगले जनत समाजवादी पार्टी जसपाको आधिकारिकता विवाद टुंग्याएका कारण अब जसपालाई समेत छिटो समावेश गरी मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा छलफल भएको हो । सरकारमा एमालेको माधवकुमार नेपाल पक्षलाई पनि कसरी सहभागी बनाउन सकिन्छ भन्नेबारेमा दुई नेताबीच छलफल भएको छ ।

एमालेभित्र संस्थापन ओली र नेपाल पक्षका दोस्रो तहका नेताहरुले लगातार पार्टी एकतालाई जोगाउने विषयमा छलफल जारी राखेका छन् । एमालेमै भएको अवस्थामा नेपाल पक्षलाई सरकारमा जान कानूनी र नैतिक रुपमा अप्ठेरो पर्छ । त्यसैले नेपाल पक्ष तत्कालै सरकारमा जानसक्ने सम्भावना भने छैन । तर, आफु निकट रहेका स्वतन्त्र सांसद र राष्ट्रिय सभाका लागि अबको चरणमा हुने निर्वाचनमा जित्न सक्ने अवस्थामा रहेका केही नेताहरुलाई सरकारमा सहभागी गराउन सक्ने विषयमा नेपाल पक्षले विचार गरिरहेको बुझिएको छ ।

प्रधानमन्त्री देउवा र प्रचण्डबीच नेपाल पक्षका लागि अहिल्यै मन्त्रीको संख्या र मन्त्रालय छुट्याएर बाँकी सबै मन्त्रालयमा छिटो नियुक्ति गर्नुपर्छ भन्ने विषयमा लगभग सहमति रहेको छ । तर, यसबारे गठबन्धनका सबै दल र पक्षहरुसँग छलफल गरेर मात्र अघि बढ्ने देखिन्छ ।

देउवासँग भेट्नुअघि प्रचण्डले आजै बिहान एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेका थिए ।

गठबन्धन दलहरुको समर्थनमा कांग्रेस सभपति देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएसँगै सोहीदिन काँग्रेस र माओवादीबाट २–२ जना मन्त्री बनाइएका थिए । तर त्यसपछि देउवासँग भेट्नुअघि प्रचण्डले आजै बिहान एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेका थिए । को नियुक्ति हुन सकेको छैन । प्रधानमन्त्री देउवाले दुई दिन अघि स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेका थिए । श्रेष्ठको नियुक्तिप्रति कांग्रेसभित्र असन्तुष्टि देखिएको थियो ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ११ : ४४ बजे

यात्रुलाई गुणस्तरहीन खाना खुवाएमा चालक र होटल सञ्चालकलाई कारबाही गरिने

काठमाडौँ । सरकारले यात्राका क्रममा राजमार्गमा यात्रुलाई गुणस्तरहीन खाना खुवाएमा

गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबीच भेटवार्ता

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ र भारतीय गृहमन्त्री अमित शाहबीच

जिल्ला स्तरिय फुटबल प्रतियोगिता : न्यू डाँफे र जय किसन विजयी

खजुरा । बाँकेको खजुरामा जारी जिल्ला स्तरिय फुटबल प्रतियोगितामा मंगलबार

कांग्रेस खुला सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी तथा महिला सहमहामन्त्रीमा गौतम विजयी

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (खुला) पदमा रामहरि

घटस्थापनादेखि एक लाख नौ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ । हिन्दुहरूको महान् पर्व बडादसैँ मनाउन काठमाडौँ उपत्यकाबाट आफ्नो