७ श्रावण २०८३, बिहिबार | July 23, 2026

एक हप्तामा १५०० तालिवान विद्रोही मारिएको अफगान सेनाको दाबी



एजेन्सी । अफगानिस्तानमा गत एक सातामा देशभर चलाइएको सैन्य अभियानमा १५०० भन्दा बढी तालिवान विद्रोही मारिएको सेनाले दाबी गरेको छ ।

सो क्रममा ८०० भन्दा बढी घाइते भएको अफगानिस्तानको राष्ट्रिय प्रतिरक्षा तथा सुरक्षा बल (एएनएसएफ) ले मङ्गलबार जानकारी गराएको छ । एएनडीएसअफका प्रवक्ता सैनिक जनरल अजमल ओमार शिन्वाराईले अफगानिस्तानको २० प्रान्तमा सञ्चालन गरिएको सैनिक अभियानका क्रममा एक हजार ५२८ ‘विद्रोही’ लडाकू मारिएका छन् ।

त्यस्तै ८०० भन्दा बढी घाइते भएका छन् । यस क्रममा १६ लडाकूलाई नियन्त्रणमा लिइएको प्रवक्ता शिन्वाराईलाई उद्धृत गरी खामा प्रेसले जानकारी गराएको छ । सेनाले गतहप्ताभरी स्थल, हवाई र तोपको सहयोगमा सैनिक कारबाही चलाएको बताइएको छ ।

बिद्रोहीले उक्त अवधिमा १४ सर्बसाधारणलाई हत्या गरेको र ३० लाई घाइते पारेको पनि खामा प्रेसद्वारा सम्प्रेषित समाचारमा उल्लेख छ ।

सेनाको उक्त भनाइ अफगानी तालिवान समूहले विभिन्न प्रान्तका सदरमुकाम तथा जिल्लाहरूमा पुनः कब्जा गरेको भनाइ आइरहेका समय आएको हो ।

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता हुने तयारी चलिरहेका समय तालिवान समूहले देशभर आक्रमण गरी आफ्ना गुमेका पूराना प्रभाब क्षेत्रलाई नियन्त्रण गरिरहेको समाचारहरू विभिन्न स्थानीय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले दिएका छन् ।

 

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ७ : ०६ बजे

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौं । काठमाडौं र मोरङबाट लागुऔषधसहित चार जना पक्राउ परेका

कर्णालीका मुख्यमन्त्रीविरुद्ध नेकपाले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने

सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगन्ज । प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी