२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

बुटवलमा बुलेटको मेटिअर लन्च



बुटवल । रोयल ईनफिल्डको नया मोडल मेटिअरका ३ नया भेरियन्ट बुटवलमा लन्च गरिएको छ। लुम्बिनी क्षेत्रमा गैरे प्रतिष्ठान प्रा.लिले कालिकानगरमा बुधबार मेटिअरका ३ नया भेरियन्टको लन्च गरिएको हो ।

युवाहरु माझ रुचाईएको बुलेटका क्लासिक, ईलेक्ट्रा, हिमालय र ईन्ट्रसेप्टर गरि ४ मोडलहरु यसअघि नै बजारमा उपलब्ध रहेको थियो। बुधबार पाचौ मोडल मेटिअर बुटवलसहित देशभर लन्च गरिएको प्रतिष्ठानका संचालक प्रेमराज गैरेले बताए। हाल ३५० सिसिका सुपरनोभा, स्टेलर र फायर बल गरि ३ भेरिअन्टका मोडेलहरु उपलब्ध हुने गैरेले बताए। मोडल अनुसारको फरक फरक मूल्य रहेको उनले बताए।

सुपरनोभा ६ लाख ४५ हजार, स्टेलर ६ लाख १७ हजार र फायर बल ६ लाख बजारमुल्यमा उपलब्ध हुने संचालक उनले जानकारी दिए । गैरेका अनुसार भारतका चेन्नईमा ५ वटा फैक्ट्रिबाट उत्पादन भैरहेको रोल ईन्फिल्डको अहिले बजारमा ७ वटा कलरहरु, डबल एबिएस ब्रेक सिस्टम, जिपिएस जडान, १५ लिटर टंकी र सुरक्षाको मापदण्ड सहित उपलब्ध छ ।

बाईकको ४० किलोमिटर प्रति लिटर माईलेज दिने, स्पोर्टी लुक्स रहेको कम्पनीका म्यानेजर ध्रुव सापकोटाले बताए।

नयाँ लञ्च भएको मोडेलको आज एक समारोहका बिच बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष टंक प्रसाद गैरे, पश्चिम क्षेत्रिय डिलर एसोसियसनका अध्यक्ष प्रेम गैरे, प्रतिष्ठानका संरक्षक बालकृष्ण गैरेलगायतले औपचारिक रुपमा लन्च गरेका थिए । कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका वाणिज्य उपाध्यक्ष नरिश्वर पाडेल, नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य भवानी पाण्डे, नेपाली काग्रेस बुटवल नगरका सभापति खेलराज पाण्डे, प्रेस युनियन रुपन्देहीका सभापति रेखा भुषाल, पत्रकार खिमानन्द भट्टराईले दिगोपन र सुरक्षाका विषयमा विक्रेता कम्पनीले सोच बनाएर कार्यक्रमहरु ल्याउन सुझाव दिएका थिए ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ११ : ५६ बजे

भारतमा मुख्यधारका सञ्चारमाध्यमप्रति अविश्वास बढ्दो

नयाँदिल्ली । भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले

देउवा साउन २६ मा स्वदेश फर्किने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन

संसदीय समितिलाई अधिकारकर्मीको प्रश्न – अन्तर्राष्ट्रिय संस्थासँग होइन, सरकारसँग माग्नुस् जवाफ

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशमाथि राजनीतिक दबाब परेको भन्ने आरोपबारे

कांग्रेस विशेष महाधिवेशनको वैधानिकतामाथि पुनः सुनुवाइ हुने

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले यसअघि गरेको

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज