४ पुस २०८२, शुक्रबार | December 19, 2025

भारतमा तेस्रो चरणमा कोरोना संक्रमण : नेपाललाई खतराको घन्टी !



एजेन्सी । भारतमा विभिन्न ठाउँमा कोरोना भाइरसको संक्रमण तेस्रो चरणमा पुगेको छ । नयाँ दिल्लीको एम्स अस्पतालका निर्देशक डा. रणदीप गुलेरियाले भारतमा कोरोना भाइरसको संक्रमण कम्युनिटी अर्थात तेस्रो तहमा पुगेको जानकारी दिएका छन् । उनले भारतमा कोरोना भाइरसको संक्रमण तेस्रो चरणमा पुगेको बताएका हुन् ।

कोरोना भाइरस तीन चरणमा फैलिने गर्छ । पहिलो चरणमा विदेशबाट आएका व्यक्तिमा मात्र लाग्छ । दोस्रो चरण ती विदेशबाट आएका व्यक्तिले अर्को व्यक्तिमा सार्ने गर्छन् । जब तेस्रो तथा अन्तिम चरणमा एक समुदायले अर्को समुदायमा सार्ने अवस्था आउँछ, तब यो नियन्त्रणमा ठूलो समस्या हुन्छ ।

नेपालमा भने भर्खरै मात्र कोरोनाको संक्रमण दोस्रो चरणमा पुगेको छ । तर भारतमा तेस्रो चरणमा पुगेकाले नेपाललाई ठूलो खतरा हुने चिकित्सकहरु बताउँछन् । अब भारतबाट नेपालमा कोरोना भित्रिन नदिनका लागि सरकारले मुख्य ध्यान दिनुपर्नेमा चिकित्सकहरुको जोड छ । नेपालको सीमावर्ती भारतीय क्षेत्रमा भने अझैसम्म कोरोनाको संक्रमण दोस्रो चरणमा रहेकाले नेपालले समयमै सतर्कता अपनाउनु पर्छ ।

खुला सीमा भएकाले नेपाललाई भारतमा समुदाय चरणमा फैलिँदा ठूलो खतरा हुन्छ । नेपालका विभिन्न नाकाबाट आवत जावत बन्द भए पनि मानिसहरु खुसा सीमा फाइदा उठाएर ओहोर दोहोर गरिरहेका छन् । त्यसैले नेपाल सरकारले बेलैमा सबै सीमा क्षेत्रमा सुरक्षा गस्ती बढाउनु पर्छ ।

भारतमा मृत्यु हुनेको संख्या १ सय ९ पुगेको छ । संक्रमितको संख्या ४ हजार ६७ पुगेको भारत सरकारले जनाएको छ । अहिलेसम्म २ सय ८१ जना भारतमा उपचारपछि घर फर्किएका छन् ।

भारतीय राजधानी नयाँ दिल्लीमा कोरोना भाइरसका झण्डै ५ सय संक्रमित फेला परेका छन् ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  १२ : ३८ बजे

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट । चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । यहाँका वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका-१

धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ