१ पुस २०८२, मंगलबार | December 16, 2025

जुम्लामा बाढीले पानीघट्ट बगाउँदा एक युवतीको मृत्यु



जुम्ला । बाढीले पानीघट्ट बगाउँदा जुम्लाको छुमचौरमा एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार, जुम्लाको पातारासी गाउँपालिका ३ की ३५ वर्षीया शर्मिला बुढाको मृत्यु भएको हो। शारीरिक रुपमा अपाङ्ग बुढालाई बाढीले बगाएको प्रहरी निरीक्षक यौवन चौधरीले बताए ।

वडाध्यक्ष बिर्खराम बोहराका अनुसार बाढी आएपछि दौडन नसकेर उनको ज्यान गएको हो । पानीघट्ट गएका मुनसोभा बोहरा र जसकला रावत भने भागेर बाँच्न सफल भएका छन् ।

बाढीले अहिलेसम्म करीब ६ वटा पानीघट्ट, २० वटाभन्दा बढी चौपाया र एक हेक्टरभन्दा बढी बालीनाली र जग्गामा क्षति पुर्‍याएको वडाध्यक्ष बहोराले जानकारी दिए । बाढीले वडा नम्बर २ र ३ जोड्ने काठेपुल बगाउँदा आवतजावत गर्न कठिनाइ भएको उनले बताए ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहिबार  ७ : ३० बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज