७ श्रावण २०८३, बिहिबार | July 23, 2026

कांग्रेस क्रियाशील सदस्यता विवादः १ सय २१ वडामा स्थगित



काठमाडौं । कांग्रेस क्रियाशील सदस्यता विवादका कारण देशभर १ सय २१ वटा वडामा स्थगित गरिएको छ । महाधिवेशनका लागि तल्लो तहका तथा सबैभन्दा महत्वपूर्ण मतदाताका रूपमा रहने क्रियाशील सदस्यता विषयमा छानबिन समितिले बुझाएको प्रतिवेदनअनुसार देशभर १ सय २१ वडाको सदस्यता स्थगित गरिएको छ ।

यी वडाबाट आएका पुराना सदस्यतामात्र सदर गरी समितिले नयाँलाई १४औं महाधिवेशनपछि प्रक्रिया पु¥याएर कायम गर्नेगरी स्थगित गरेको हो । कांग्रेस क्रियाशील सदस्यता छानबिन समिति सदस्य तथा प्रवक्ता प्रदीप पौडेलले सयभन्दा बढी वडामा स्थगित गरिएको र ती सदस्यताको हकमा १४औं महाधिवेशनपछि निर्णय हुने जानकारी दिए ।

प्रतिवेदनअनुसार सुनसरी क्षेत्र ४ अन्तर्गत भोक्राहा गाउँपालिकाका ८ वटा वडाको सदस्यता स्थगित गरिएको छ । कोशी गाउँपालिका १, बराह क्षेत्र नगरपालिका ११ को पनि सदस्यता स्थगित गरिएको छ ।

यसैगरी महोत्तरी मनहरा सिसुवा नगरपालिका ८ र १०, सर्लाही बहरथहवा नगरपालिका ११, रौतहट देवाही गोनाही नगरपालिका ६, माधवनारायण नगरपालिका १,२ र ३, दुर्गा भगवती गाउँपालिका ४, यमुनामाई गाउँपालिका २ र ५, राजदेशी गाउँपालिकाको सदस्यता स्थगित भएको छ ।

त्यस्तै, पर्सा क्षेत्र ३ का सबै वडाको सदस्यता स्थगित गरिएको छ भने वीरगन्ज महानगरपालिकाका २२, २७, २९ र ३१ वडा, बहुदरमाई नगरपालिका वडा २ र ६, पसौगढी नगरपालिका ५, ६ र ७ को सदस्यता स्थगित गरिएको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, काभ्रे पाँचखाल नगरपालिका १२, ललितपुर ललितपुर महानगरपालि २८, महांकाल गाउँपालिका १, महालक्ष्मी नगरपालिका ६, काठमाडौं टोखा नगरपालिका ८, १० र ११, नागार्जुनको २, ३ र ६, तारकेश्वरको ३ र ६, कीर्तिपुर नगरपालिकाको २, दक्षिणकाली २, गोकर्णेश्वर १, २, ३, ४ वडाको पनि सदस्यता विवाद भएपछि स्थगित गरिएको छ ।

यसैगरी, धादिङ रुवीभ्याली गाउँपालिकाको ६ वटै वडा, चितवन रत्ननगर नगरपालिका ७, गुल्मी मुसीकोट नगरपालिका ५, कपिलवस्तु मायादेवी गाउँपालिका ३, कैलालीको क्षेत्र २ को जानकी गाउँपालिका वडा २, ५, ८ र ९ बाहेक २२ वटै वडा सदस्यता स्थगित गरिएको छ ।

उता, डोल्पा नयाँतर्फका सबै सदस्यता स्थगित गरिएको छ भने अछाम कमलबजार नगरपालिका ७ पञ्चदेवल विनायक नगरपालिका १, २, ४ डडेलधुरा नवदुर्गा गाउँपालिका ३ र अमरगढी नगरपालिका ५ को सदस्यता विवाद भएपछि स्थगित छ । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहिबार  ७ : ३८ बजे

मधेशका पूर्वअर्थमन्त्री शैलेन्द्र साहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। सर्लाहीको बाग्मती म्युनिसिपल पार्क तथा रिसोर्ट निर्माणमा अनियमितता भएको

‘कानुन सुधार वर्ष’ सफल पार्न उच्चस्तरीय समिति गठन

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले घोषणा गरेको

लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाटै भएको हो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको अधिकार

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै

नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार प्रयासरत छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई ‘ग्रे लिस्ट’ बाट