१ पुस २०८२, मंगलबार | December 16, 2025

जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा सर्वसम्मतरुपमा उपेन्द्र यादव चयन भएका छन् । पार्टीको आधिकारिकता पाएसँगै संसदीय दलको बिधान अनुसार भएको निर्वाचनबाट यादव सर्वसम्मत दलको नेतामा चयन भएका हुन् ।

शनिबार बसेको संसदीय दलको बैठकले यादवलाई दलका नेतामा चयन गरेको हो । दलको कार्यकारिणी समितिको बैठकले अन्तरिम बिधानलाई पारित गर्दै निर्वाचन समिति बनाएर आजको लागि निर्वाचन तोकेको थियो । आज बसेको संसदीयदलको बैठकमाउपेन्द्र यादव बाहेक अन्य नेताको दाबी नपरेपछि यादव संसदीयदलको नेतामा चयन भएको जसपाका नेता माहेम्मद ईस्तयाक राइले बताए ।

उनका अनुसार प्रस्तावकमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र समर्थकमा महेन्द्र यादव थिए । ३२ जना सांसद रहेकाे जसपा संसदीयदलकाे बैठकमा २१ जना सांसद उपस्थित थिए । महन्थ ठाकुर पक्षमा लागेका ११ सांसदहरु भने अनुपस्थित रहेका थिए ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ३ : ४२ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज