२४ असार २०८३, बुधबार | July 8, 2026

‘डेल्टा भेरिएन्ट’ फैलिँने क्रममा निरन्तरता, चीनमा थप ५५ व्यक्तिमा कोभिड सङ्क्रमण पुष्टि



एजेन्सी । चीनले शनिबार ५५ थप व्यक्तिमा कोभिड-१९ सङ्क्रमण पुष्टि भएको जानकारी गराएको छ । चीनमा पछिल्ला दिनहरूमा विश्वका अन्य मुलुकमा जस्तै कोभिड-१९ को नयाँ प्रकार ‘डेल्टा भेरिएन्ट’ बाट सङ्क्रमितको सङ्ख्यामा अचानक वृद्धि भइरहेको पाइएको छ ।

थप सङ्क्रमितमध्ये ३० व्यक्तिमा स्थानीय रूपमा फैलिएको सङ्क्रमण भेटिएको छ भने अन्य विदेशबाट आएका यात्रुमा भेटिएको हो ।

चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार जिआङ्सुुमा १९, हुनानमा छ, चोङकिङमा दुई र लियोनिङ, फुजियान र सिचुआनमा एक एक जनामा सङ्क्रमण पुष्टि भएको चीनको राष्ट्रिय सञ्चार माध्यम ‘चाइना डेली’ले जनाएको छ ।

चिनियाँ अधिकारीहरूले २५ सङ्क्रमित विदेशबाट आउने व्यक्तिमा भेटिएको जनाएका छन् । यसमध्ये नौ युनानमा, आठ शाङ्घाईमा, तीन तियानजिनमा, झेजियाङ र फुजियानमा चार र एउटा ग्वाङ्गडोङमा सङ्क्रमित रहेका छन् ।

ग्लोबल टाइम्सका अनुसार पूर्वी चीनको जियाङ्सु प्रान्तको राजधानी नानजिङको विमानस्थलबाट कोभिड-१९ सङ्क्रमितका बिरामीहरू भेटिएका थिए । नानजिङमा जुलाई २० मा पहिलो सङ्क्रमित भेटिएपछि अहिलेसम्म १८४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ७ : ०६ बजे

बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो

गण्डकी । पर्यटकीय नगरी पोखरामा साहसिक खेल बञ्जीजम्पप्रति भारतीय पर्यटकको

सुनको मूल्य नौ सयले घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

राजेन्द्र राईको अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन सभामुखको निर्देशन

काठमाडौं । प्रतिनिधिसभामा सभामुख डोलप्रसाद (डीपी) अर्याललाई लक्षित गर्दै नेकपा

नेपालगन्जमा एलजीका नयाँ उत्पादनहरुको ‘लञ्च’

नेपालगन्ज । एलजीले नेपाली उपभोक्ताको आवश्यकता र जीवनशैलीलाई लक्षित गर्दै