१५ बैशाख २०८१, शनिबार | April 27, 2024

श्रमिकलाई सधैं समस्या: ‘खोप प्रमाणीकरण पाउँदा युद्ध जितेजस्तो’



काठमाडौं । सर्लाही हरिवनका राजेश यादव दुई दिनदेखि निकै खुसी छन । कोरोना भाइरसविरुद्ध खोप लगाएको दुई सातापछि शुक्रबार टेकुस्थित अस्पतालले प्रमाणीकरण गरिदिएपछि उनी खुसी भएका हुन ।

रोजगारीका लागि कतार जान खोजेका २७ वर्षीय यादवले खोप लगाएदेखि नै प्रमाणीकरणका लागि प्रयास गरेका थिए । ‘प्रमाणीकरणका लागि कैयौं पटक प्रयास गरे पनि सफल हुन भने सकेको थिइनँ,’ उनले भने, ‘बल्लतल्ल शुक्रबार खोप लगाएको प्रमाणीकरण भएको छ । यसरी प्रमाणीकरण हुनुलाई मैले युद्ध जितेजस्तो ठानेको छु ।’

उनलाई खोप लगाएको प्रमाणीकरण गर्न जति कठिन भयो, त्यसरी नै कोरोनाविरुद्ध खोप लगाउँदा पनि गाह्रो भएको थियो । उनका अनुसार करिब सात घण्टा लाइन बसेपछि मात्र जोनसन एन्ड जोनसन कम्पनीको खोप लगाउने मौका मिलेको थियो । कोरोनाविरुद्धको खोप लगाउन र लगाएपछि खोपको प्रमाणीकरण गर्न अप्ठेरो भोग्ने यादव एक्ला होइनन ।

अर्को साता रोजगारीका लागि साउदी अरेबिया उड्न खोजेका स्याङ्जाका हरि राम्जालीले अझै (शुक्रबारसम्म) कोरोनाविरुद्धको खोप लगाउन पाएका छैनन । खोप पाउने आशामा विभिन्न अस्पताल पुग्ने गरे पनि कतैबाट सकारात्मक जवाफ नपाएको उनको गुनासो छ । ‘वैदेशिक रोजगारीमा जानेलाई सरकारले कोरोनाविरुद्धको खोप दिने भन्ने चर्चा चलेदेखि नै सक्दो खोजी गरेको हुँ,’ उनले भने, ‘तर व्यवहारमा त्यस्तो रहेनछ ।’

झापाका अर्जुन गिरीको अवस्था त्यस्तै छ । रोजगारीका लागि कतार जान श्रम स्वीकृति लिइसकेका उनले कोरोना भाइरसविरुद्ध खोप लगाउन पाउने आशामा थुप्रै स्वास्थ्य संस्था पुगिसकेको बताए । जहाँ पुगे पनि खोप छैन भन्ने जवाफ आउने गरेको उल्लेख गर्दै उनले भने, ‘अहिले सेना र प्रहरीको अस्पतालमा वैदेशिक रोजगारीमा जानेलाई खोप दिने भन्ने हल्ला सुनेको छु । आइतबार ती अस्पताल जानु पर्ला ।’

कोरोना महामारीपछि होस् वा अघि, जसरी वैदेशिक रोजगारीमा जानेलाई राज्यको तर्फबाट बेवास्ता भइरहेको छ, त्यही क्रम कोरोनाविरुद्धको खोप लगाउने बेलामा पनि भइरहेको छ । उनीहरूलाई खोप केन्द्रमा बस्ने स्वास्थ्यकर्मीले ‘चाहे खोप दिने नचाहे नदिने’ व्यवहार भइरहेको छ । वैदेशिक रोजगारीमा जानेले कोरानाविरुद्धको खोप नलगाउने हो भने कतिपय मुलुकले प्रवेशमा अनुमति नदिने र कतिपयले महँगो क्वारेन्टिनमा बस्नुपर्ने निर्णय गरेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले केही दिनअघि नै खोपको उपलब्धता गराउन आग्रह गर्दै स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको थियो । सो आग्रहपछि स्वास्थ्यका अधिकारीले वैदेशिक रोजगारीमा जानेलाई कोरोनाविरुद्धको खोपमा प्राथमिकता दिने आश्वासन दिएका थिए ।

सो आश्वासनपछि वैदेशिक रोजगारीमा जानेले कोरोनाविरुद्धको खोप पाउने आशा गरेका थिए । तर यतिखेर उनीहरूले सहजै खोप पाउन नसकेपछि वैदेशिक रोजगारीमै समस्या पर्ने व्यवसायीको चिन्ता छ । रोजगारीका राम्रा गन्तव्य मानिएका संयुक्त अरब इमिरेट्स (युएई) र कुबेतले कोरोनाविरुद्धको खोप नलगाएकालाई प्रवेश नदिने यसअघि नै निर्णय गरिसकेका छन । कतिपय मुलुकले खोप लगाएपछि प्रमाणीकरण गर्नुपर्ने सर्त अघि सारेका छन । यो समाचार आजको नागरिक दैनिकमा रुद्र खड्काले लेखेका छन ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ७ : ५१ बजे

‘पर्यटन, कृषि, जलविद्युत परियोजनामा लगानी जुटाउन सके मुलुक समृद्ध बन्छ’

काठमाडौं । आइतबारदेखि दुईदिने ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नेपालमा सुरु

करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सीले लियो गरिब तथा जेहेन्दार विद्यार्थीको अभिभावकत्व

बुटवल । बुटवलमा संचालनमा रहेको करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सी प्रालीले

इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

काठमाडौं । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म

हिमचितुवा घिमिरेले राखे नयाँ कीर्तिमान

काठमाडौं । विश्वप्रसिद्ध किक बक्सर अबिरल घिमिरेले ‘हिट ५३ प्रोफेसनल

नेपालमा लगानी बढाउन नीतिगत स्पष्टता जरुरीः अमेरिकी राजदूत थम्पसन

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले कुनै