२६ बैशाख २०८१, बुधबार | May 8, 2024

कर्णालीमा डुंगा दुर्घटना, तीन जना वेपत्ता



सुर्खेत । कर्णाली नदीमा डुंगा दुर्घटजा हुँदा तीन जना बेपत्ता भएका छन्।

आइतबार मध्यान्न १२ बजे कैलालीको मोहन्याल गाउँपालिका ३ बाट सुर्खेतको चौकुने गाउँपालिका–४ जाँदै गर्दा डुंगामा सवार रहेका तीन व्यक्ति दुर्घटनामा परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार डुंगामा रहेका १० जनामध्ये तीन जना नदीमा वेपत्ता भएको हुन् ।

वेपत्ता हुनेहरुमा मोहन्याल गाउँपालिका–३ की २० वर्षीया पार्वती थापा, मोहन्याल गाउँपालिका–३ कै २० वर्षीया उर्मिला सलामीमगर र उनको १० महिने छोरा रहेका छन् ।

यस्तै दुई जना घाइते भएका छन् भने अन्य पाँच जनाको सकुशल उद्दार गरिएको प्रहरीले जनाएको छ । घाइते हुनेमा मोहन्याल ३ की धनसरा सलामी मगर र उनकै १ महिनाको छोरा कर्ण छन् । प्रहरीका अनुसार १९ वर्षीया धनसराको अवस्था गम्भीर छ । कर्णको अवस्था सामान्य छ ।

बच्चालाई सुर्खेतको स्वास्थ्य चौकीमा खोप लगाउन जाने क्रममा उनीहरु डुंगामा चढेका थिए ।

उद्दारका लागि इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेत र इलाका प्रहरी कार्यालय सुगरखाल कैलालीबाट प्रहरीको टोली घटनास्थल पुगेको छ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  २ : ४१ बजे

कार्यकर्तालाई इमान्दार बन्न एमाले अध्यक्ष ओलीको आग्रह

कपिलवस्तु । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

चल सम्पत्ति धिताे राखेर पनि ऋण पाइने ऐन बन्दै

काठमाडौं । सुरक्षित कारोबार पहिलो संशोधन विधेयक–२०८० सम्बन्धी विधेयक राष्ट्रिय

पितापुर्खाको सीप पछ्याउँदै मह सिकार

गण्डकी । पराङ, सुथरी, दाबिलो, साज, जाबो, डालीलगायत सामग्री जोरजाम

सरकारले क्रमसः अतिरिक्त हुलाक खारेज गर्दै

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अतिरिक्त हुलाक