१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

अवको बोलबम यात्रा साइकलमा : सोमबार लक्ष्मणघाट देखि पर्रोहा साईक्लिङ जलापर्ण हुने



बुटवल । साउन महिनाको अवसर पारेर धार्मिक पर्यटन प्रवद्घन गर्ने उदेश्यसहित रुपन्देहीमा जलापर्ण कार्यक्रम हुने भएको छ। रुपन्देहीका ५ वटा क्लबहरुको संयुक्त आयोजनामा सोमबार श्रावणी साईक्लिङ जलापर्ण कार्यक्रम गर्ने भएको हो । आईतबार बुटवल युनाइटेड साईक्लिङ क्लब, तिनाउ साईक्लिङ क्लब, साईकल सिटि बुटवल, साईकल साथी सैनामैना, बुटवल साईकल ग्रुपको पदाधिकारीहरुको उपस्थितीमा पत्रकार सम्मेलन गरि कार्यक्रमको सबै तयारी पूरा भएको कार्यक्रमका संय‍ोजक तथा तिनाउ साईक्लिङ क्लबका अध्यक्ष अर्जुन गुरुङले बताए।

बुटवल कालिकानगर शिवालय मन्दिरबाट बिहान शुरु हुने यात्रा कपिलबस्तुको लक्ष्मणघाट पुगेर जल लिएर सैनामैना पर्रोहा परेश्वर धाममा जलापर्ण गरिने कार्यक्रम तय भएको उनले बताए। पत्रकार सम्मेलकैबीच आज जलापर्ण कार्यक्रमको टिसर्ट सामुहिक रुपमा लन्च गरिएको छ।

बुटवल कालिकानगरस्थित शिवालय मन्दिरबाट बिहान शुरु हुने यात्रा कपिलबस्तुको पवित्रस्थल लक्ष्मणघाट पुगेर जल लिई सैनामैनास्थित पर्रोहा परमेश्वर धाममा जलापर्ण गरेर सकिने उनले बताए। करीब १ सय किलोमिटर दुरी साईकलमार्फत पूरा गरिने धार्मिक यात्रामा आर्थिक भौतिक सहयोग गर्नुभएका बुटवलमा उद्योगी ब्यापारी तथा समाजसेवीहरु चन्द्र प्रकाश पौडेल, कपिल खड्का, नित्यानन्द ज्ञवाली, रुद्र भण्डारी, गोपाल घिमिरेलाई पत्रकार सम्मेलनमा दोसल्ला र सम्मानपत्रबाट सम्मान गरिएको थियो ।

कार्यक्रममा समाजसेवीहरु चन्द्रप्रकाश पौडेलले धार्मिक आस्थामा युवाहरुको अगुवाई गराउदै पर्यटन क्षेत्रको प्रचारप्रसार गर्ने महत्त्वपूर्ण कामको सफलताको कामना गरे।

साईकल साथी सैनामैनाका अध्यक्ष गगन रानाले सबै साईकिले साथीहरु बिच भातृत्व विकास गर्दै एकतावद्घ गराउनु निक्कै महत्त्वपूर्ण कार्य भएको बताए।

बुटवल युनाईटेड साईक्लिङ क्लबका अध्यक्ष उत्तम श्रेष्ठ, सचिव राजु तिवारी, कोषाध्यक्ष डम्बर तिवारी, ह्याप्पी क्लबका सल्लाहकार गणेश श्रेष्ठ, रबिलाल सुवेदीले मोफसलमा साईकल संस्कृति विकास भएको बताए।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ६ : ०१ बजे

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश

लुम्बिनी प्रदेशसभाः नीति तथा कार्यक्रममाथि छलफल सुरु

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको आज बसेको सातौँ बैठकमा आर्थिक वर्ष

रास्वपा सांसद खरेलको ‘तमासा’  अभिव्यक्ति हटाउन नेकपाको माग

काठमाडौं । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

काठमाडौं । नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री

मुख्य न्यायाधिवक्ताहरूको राष्ट्रिय सम्मेलन धनगढीमा सुरु

सुदूरपश्चिम । ‘समन्वय, सहकार्य र कानुनको प्रभावकारी कार्यान्वयन–सबल मुख्य न्यायधिवक्ता,