१५ चैत्र २०८२, आइतबार | March 29, 2026

कोभिड-१९ युनिफाइड अस्पताल प्रमुखबाट डा. जागेश्वर गौतम हटाइए



काठमाडौं । कोभिड-१९ युनिफाइड अस्पतालको प्रमुखबाट प्राध्यापक डाक्टर जागेश्वर गौतम हटाइएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख प्रशासकीय अधिकृत प्राडा गौतमलाई सोमबार हटाएको हो । उनको स्थानमा ट्रमा सेन्टरका डाक्टर रुद्र मरासिनीलाई पठाइएको छ ।

गौतमलाई थापाथलीस्थित प्रसुती तथा स्त्री रोग अस्पतालमा सरुवा गरिएको छ । गौतम स्त्री रोग विषेशज्ञ हुन् ।

तत्कालिन सरकारले गत जेठ १० गते डा गौतमलाई युनिफाइड अस्पतालको प्रशासकीय अधिकृतमा पठाएको थियो । तर, उनी गएदेखि नै वीर अस्पतालका कर्मचारी र उनीबीच सम्बन्ध राम्रो बनेको थिएन । युनिफाइड अस्पतालमा खरिद गरिएका विभिन्न स्वास्थ्य सामाग्रीमा समेत अनियमितता भएको आरोप कर्मचारीहरुले लगाएका थिए । डा. गौतम युनिफाइड अस्पताल जानुअघि स्वास्थ्य मन्त्रालयको प्रवक्ता थिए ।

मन्त्रालयले स्वास्थ्य समन्वय शाखामा डा. विवेकलाल कर्णलाई सरुवा गरेको छ । उनको स्थानमा सार्क क्षयरोग केन्द्रकी डा. रीता जोशीलाई लगिएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ४ : १७ बजे

नागरिकको सुरक्षा हुनेगरी मनसुनको पूर्वतयारी गर्न गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले आमनागरिकको सुरक्षा हुनेगरी मनसुन पूर्वतयारी

ओली र लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

बेटिङ एप र वेबसाइट बन्द गर्न प्राधिकरणलाई निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन सट्टेबाजी एप

रविको अभियोगपत्र फिर्ता विरुद्धको रिट सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्धको