२५ बैशाख २०८३, शुक्रबार | May 9, 2026

सिद्धबाबाको हेडबक्स नजिकै पहिरोले बलेरो जिप पुर्दा एक जनाको मृत्यु



बुटवल । सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडकखण्डको सिद्धबाबा अगाडि हेडबक्स नजिँकै पहिरोले बलेरो गाडी पुर्दा एक जनाको मृत्यु भएको छ ।

स्याङ्जाबाट बुटवल आउँदै गरेको लु २ च ७३८७ नम्बरको बोलेरो जिप हेडवर्क्समा पुग्दा गाडिमाथि पहिरो खसेको थियो ।

सोमबार साँझ ७ बजेतिर भएको घटनामा अन्दाजी २२ बर्षका चालकको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता डिएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

दुर्घटनामा अन्य दुई जना सामान्य घाइते भएका छन् । शव र घाइतेलाई लुम्बिनी प्रादेशिक अस्पताल ल्याइएको छ । मृतकका आफन्तलाई बोलाएर सनाखत गर्ने काम भइरहेको पाण्डेले बताए । पहिरो खसेपछि केहीबेर अवरूद्ध भएको सडक पुनः सञ्चालनमा आइसकेको पाण्डेले बताए ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ९ : १३ बजे

यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय १५ दिन बन्द

दार्चुला । दार्चुलाको अपी हिमाल गाउँपालिकामा यार्सागुम्बा सङ्कलनको सिजन सुरु

प्रगतिशील सङ्गीत उत्सवः नौ बुँदे घोषणापत्र जारी

काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान काठमाडौँको आयोजनामा

अस्थायी बसोबासमा नयाँ सहारा : खरिपाटी ‘होल्डिङ सेन्टर’ मा सुकुमवासीहरूको दैनिकी

काठमाडौँ । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र अस्थायी

बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै

नेपालगन्ज । द्वन्द्वकालमा बन्द रहेको बाँकेको नरैनापुरस्थित छोटी भन्सार कार्यालय

उचित व्यवस्थापनविना सुकुम्वासीलाई विस्थापन नगर्न अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उचित व्यवस्थापनविना सुकुम्वासीलाई विस्थापन नगर्न अन्तरिम