१ पुस २०८२, मंगलबार | December 17, 2025

कोभिड हिरो नरेशकाे पाेल्टामा पदक, सम्मान र पुरस्कारकाे थुप्राे; भन्छन् – जिम्मेवारी थपियाे



नेपालगन्ज ।  आफुले गरेको कामको आफै बखान गर्दै पदक, पुरस्कार र तक्मा थाप्न निवेदन दिनेहरुको होड चलिरहेका बेला बाँकेका एकजना राष्ट्रसेवक कर्मचारीको हातमा भने एकपछि अर्को पदक हात परिरहेको छ । २०७७ देखि पदक, विभुषण, पुरस्कार र सम्मानले ती राष्ट्र सेवकलाई निरन्तर पछ्याएको छ । केहि व्यक्तिहरु आफुले नगरेको कामको पनि श्रेय लिँदै आफैलाई पुरस्कृत वा सम्मानित गर्नु पर्ने माग राखेर भनसुन्का लागि शक्तिकेन्द्र धाईरहेका बेला बाँकेमा बसेर राष्ट्रको सेवा गरिरहेका स्वास्थ्य अधिकृत नरेश श्रेष्ठलाई भने पदक, तक्मा, सम्मान र पुरस्कार थाप्न भ्याई नभ्याई छ ।

कोरोना माहामारीको पहिलो लहरमा बाँकेमा नरेशले खेलेको भूमिका बाँकेका लागि सधैं स्मरणिय रहेकोमात्र नभएर पहिलो लहरमा उनले पुरा गरेको जिम्मेवारीकै कारण श्रेष्ठलाई एकपछि अर्को पुरस्कार थपिँदै गएको हो । आम जनमानसमा कोरोना भाइरस आतङ्क रहेका बेला बाँकेमा कोरोना फोकल पर्शन रहेर श्रेष्ठले निभाएको जिम्मेवारी नै उनलाई निरन्तर पुरस्कृत हुने कडी बन्यो ।

कोरोना माहामारीमा नरेशको खटाईको मुल्याँकन गर्दै पहिलो पुरस्कार र सम्मान बागेश्वरी असल शासन क्लव प्रधान कार्यालउ नेपालगन्जले गरेको थियो । त्यसपछि नरेशलाई सम्मान र पुरस्कारको ओईरो नै लागेको देखिएको छ । बासको सम्मान लगत्तै १ वर्ष भित्र नरेशले राष्ट्रपतिबाट प्रवल नजसेवा श्री चौथोबाट विभुषित भए, त्यस लगत्तै प्रधानसेनापति सेवा पदक पाएका नरेशलाई एकाउण्टबिलिटी ल्यावबाट कोभिड हिरोको उपाधि प्रदान ग¥यो । पछिल्लो उपाधिकारुपमा उनले नेपाली सेनाको भैरब प्रसाद गणको १६४ औ बार्षिक उत्सवको अवसर सम्मान र पुरस्कार पाएका छन् । १०-१२ महिनाको अवधिमा उनले पाएको पछिल्लो पुरस्कार पाँचौं पुरस्कार हो ।

पछिल्लो सम्मान पाउने श्रेष्ठ सहित जिल्ला प्रशासन कार्यालय बाँकेमा कार्यरत कर्मचारी रामकुमार सोनकर तथा शिक्षा क्षेत्रमा रहि लामो समय देखि सामाजिक सेवामा कार्यरत माधबी शाह रहेका छन ।

उत्तर पश्चिम पृतना हेड क्वाटर, निमारे ब्यारेक सुर्खेतले भैरब प्रसाद गणको १६४ औ बार्षिक उत्सवको अवसर पारेर बाँके र बर्दिया जिल्लामा निश्वार्थ भावले समाज सेवामा उत्कृष्ट सेवा गरेकोमा ३ जना राष्ट्र सेवकलाई कदर पत्र सहित सम्मान गरेको हो । सम्मानित हुनेमा स्वास्थ्य कार्यालय बर्दियाका जन स्वास्थ्य अधिकृत तथा हाल कोभिड महामारीमा बाँकेमा कार्यरत श्रेष्ठ सहित जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकिय अधिकृत रामकुमार सोनकर तथा शिक्षा क्षेत्रमा रहि लामो समय देखि सामाजिक सेवामा कार्यरत माधबी शाह रहेको नेपाली सेनाले जनाएको छ ।

सेनाले दिएको पछिल्लो सम्मानमा ज.स्वा.अ. नरेश बावु श्रेष्ठले स्वास्थ्य क्षेत्रमा विगत २५ वर्ष देखि देशका ७ भन्दा बढि दुर्गम जिल्लामा स्वास्थ्य सेवा प्रदान गर्नुका साथै कोभिड महामारीमा बाँके र बर्दियामा रही कोभिड विरामीको व्यवस्थापन उपचार प्रेषण र शव व्यवस्थापनमा समन्वयात्मक ढंगले उत्कृष्ट सेवा प्रदान गरेको उल्लेख गरिएको छ । श्रेष्ठले प्राप्त गरेको पछिल्लो सम्मानमा लेखिएको छ,- ”तपाईको ब्यक्तीगत समर्पण, ज्ञान र अनुकरणीय प्रयासले आफनो तहवाट विभिन्न क्षेत्रमा पुरयाउनु भएको अतुलनिय योगदान तथा नेपाली जनता र नेपालि सेना विच प्रगाढ सम्वन्ध राख्न खेल्नु भएको भुमिकाको उच्च मुल्यांकन गर्दछु । तपाई जस्तो नेपाली सेना प्रति सदैव सकारात्मक धारणा राख्ने ब्यक्तीत्वको सम्मानले सैनिक नागरिक सम्वन्धमा भविश्यमा थप टेवा पुरयाउन दिशानिर्देश गर्नेछ” ।

नरेश श्रेष्ठ जस्तो राष्ट्रसेवक आफुले अहिले सम्म नभेटेको बाँकेका तत्कालिन र हाल दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ बताउँछन् । ‘राष्ट्रसेवकमा नरेश श्रेष्ठ जस्तो कर्मठ र अनवरत खट्ने कर्मचारी बिरलै भेटिन्छन् ।’ उनले भने, ‘सेवाका लागि घर परिवार, ब्यक्तिगत स्वास्थ्य सबैको प्रवाह नगरेर ड्युटीमा खटिने नरेश साँच्चिकै नमुना हुन् ।’ नरेशको लगनशिलताकै कारण बिभिन्न निकायले उनको मुल्याँकन गरिरहेको प्रजिअ कुरुम्वाङको भनाई छ ।

‘बाँकेमा कोरोनाको आतङ्कले भयावह अवस्था देखिएको अवस्थामा निद्रा नलागेर मध्यराती जहिले फोन गर्दा पनि काम गरिरहेको पाउथेँ ।’ कुरुम्वाङले भने ।

नेपाली सेना र जनताको सम्बन्धलाई प्रगाढ बनाउन नरेश श्रेष्ठले खेलेकाु भुमिकाका कारण नेपाली सेनाले श्रेष्ठलाई सम्मान गरेको नेपाली सेना भैरवनाथ गणका कर्णेल नकुल थापा बताउँछन् । ‘बाँके र बर्दियामा कार्यरत रहँदा श्रेष्ठले कोभिड १९ जिरुद्धको लडाँईमा र प्रतिकार्यमा देखाउनु भएको सक्रियतालाई सेनाले उच्च मुल्याङ्कन गरेको छ ।’ उनले भने ।

नरेशसँग सँगै काम गरेका भेरी अस्पताल बाँकेका मेडिकल सुपरिटेण्डेन्ट डा. प्रकाश थापाको नजरमा पनि नरेश मेहनती, लगनशिल र क्षमतावान राष्ट्रसेवक हुन् । पुरस्कार र सम्मान दिनेहरुले अत्यन्त सहि पहिचान गरेर उनलाई सम्मान दिईरहेको बताउँदै डा. थापाले उनीबाट धेरैले सिक्न जरुरी रहेको बताए ।

पुरस्कार र सम्मान पाउँदाको अनुभुति खबरकुरालाई सुनाउँदै नरेश श्रेष्ठले भने मैले समान्य ड्युटी निभाएको हुँ, सबैले मेरो मुल्याङ्क गरिदिनु भयो, धेरै खुसी छु । पुरस्कार र सम्मानले काम गर्ने जाँगर र प्रेरणा मिलेको उनले बताए ।

नरेश हाल स्वास्थ्य कार्यालय बर्दियाको पोष्टिङमा काजमा बाँकेमा बसेर काम गरिरहेका छन् ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  १० : २४ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष