२२ माघ २०८२, बिहिबार | February 5, 2026

बीपी प्रतिष्ठानका उपकुलपतिसहित ४ पदाधिकारी पदमुक्त गर्ने सहमति, आन्दोलन स्थगित



काठमाडौं । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी संघर्ष स्थगित हुने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधि र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान शुद्धीकरण अभियान २०७८, संयुक्त संघर्ष समितिबीच ६ बुँदे सहमति भएपछि अब संघर्ष स्थगित हुने भएको हो ।

मन्त्रालयका प्रतिनिधि र संयुक्त संघर्ष समितिका प्रतिनिधिबीच बुधबार सहमति भएको हो । सहमति भएसँगै आजैबाट प्रतिष्ठानका सबै काम सुचारु हुनेछन् । स्वास्थ्यकर्मी तथा कर्मचारीहरू आन्दोलन रोकेर सेवामा फर्कन तयार भएका छन् ।

सहमतिअनुसार आजैबाट प्रतिष्ठानका उपकुलपति डाक्टर ज्ञानेन्द्र गिरीसहित चार जना पदाधिकारी हटाउने प्रक्रिया सुरु हुनेछ ।

यस्तै छानविन कार्यदलको प्रतिवेदनका सुझाव कार्यान्वयनमा लैजाने र अघिल्ला प्रतिवेदनहरु पनि सार्वजनिक गर्दै कार्यान्वयनमा लैजाने सहमति भएको छ ।

त्यस्तै छानबिन कार्यदलको प्रतिवेदनका सुझाव कार्यान्वयनमा लैजाने र अघिल्ला प्रतिवेदनहरू पनि सार्वजनिक गरी कार्यान्वयनमा लैजाने सहमति भएको छ । यसका लागि बुधबार नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा छुट्टै महाशाखा तोक्ने उल्लेख छ ।

प्रतिष्ठानमा झण्डै दुई महिनादेखि संघर्ष चल्दै आएको थियो । प्रतिष्ठानभित्रको अनियमितता छानबिन गर्नुपर्ने, दक्ष, योग्य र सक्षम पदाधिकारी नियुक्ति गर्नुपर्ने माग राख्दै प्रतिष्ठानका चिकित्सक, प्राध्यापक, कर्मचारी र विद्यार्थीले संयुक्त संघर्ष गर्दैआएका थिए ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ११ : २६ बजे

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद

उद्योग व्यापार संघ बुटवलद्वारा कार्ययोजना पारित

बुटवल । उद्योग व्यापार संघ बुटवलले वार्षिक कार्ययोजना कार्यशालामार्फत विभिन्न

बुटवलमा सामूहिक ईही र कैटापुजा सम्पन्न

बुटवल । नेवारी समुदायको मौलिक संस्कार, संस्कृति र पहिचान जगेर्ना

ओमोडा शोरुममा आइकार भी २३ गाडी बुटवलमा सार्वजनिक

बुटवल । सिद्धि विनायक मोटर्स प्रालिले बहुप्रतिक्षित आइकार भी २३

जथाभावी राखिएका बस नियन्त्रणमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन उपत्यका