१४ चैत्र २०८२, शनिबार | March 28, 2026

१ सय २७ किलो अवैध गाँजासहित ३ जना पक्राउ



मकवानपुर । मनहरी गाउँपालिका-८ सिमपानीस्थित सडकमा बीआरई २८३९ नम्बरको भारतीय ट्रकमा लुकाई ल्याएको १ सय २७ किलो अवैध गाँजासहित ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा ट्रक चालक भारत बैशाल बस्ने ३८ वर्षीय रामराज सहनी, ट्रकमा सवार भारत समस्तिपुर बस्ने १८ वर्षीय किशोर, ट्रकमा सवार पर्सा वीरगंज महानगरपालिका-९ चुर्नी बस्ने ३० वर्षीय रियाजुल अंसारी रहेका छन् ।

उक्त ट्रकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्दा ट्रकको पछाडि ढालामा फल्स बटम बनाई लुकाई ल्याएको उक्त गाँजासहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ५ : ३१ बजे

जुम्लाको तिला गाउँपालिका कुडारीमा आगलागी हुँदा एक जनाको मृत्यु

जुम्ला । जिल्लाको तिला गाउँपालिका–३ स्थित कुडारी बजारको एक घरमा

परराष्ट्रमन्त्री खनाललाई चिनियाँ समकक्षीले दिए बधाई

काठमाडौं । चीनका परराष्ट्रमन्त्री वाङ यीले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री शिशिर

ओली र लेखकको गिरफ्तारी गैरकानुनी रहेको एमालेको ठहर

काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले नेकपा एमालेले अध्यक्ष केपी

प्रधानमन्त्री बालेन्द्रलाई चिनियाँ समकक्षीले दिए बधाई, द्विपक्षीय सहकार्य सुदृढ गर्ने प्रतिबद्धता

काठमाडौं । चीनका प्रधानमन्त्री ली छ्याङले नेपालको प्रधानमन्त्रीमा बालेन्द्र शाह

ओली पक्राउ विरुद्ध कानूनी र राजनीतिक प्रतिवाद गर्ने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले आफ्ना पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी