२३ बैशाख २०८१, आइतबार | May 5, 2024

माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्दै, त्यसअघि स्थायी कमिटी बैठक



काठमाडौ । नेकपा एमालेको माधवकुमार नेपाल पक्षधर केन्द्रीय कमिटीको बैठक शुरु हुँदैछ ।

बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बस्ने बैठकअघि नेपाल पक्षको स्थायी कमिटी बैठक बसेको छ ।

पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै आफ्नो पक्षले आगामी दिनमा लिनुपर्ने रणनीति तय गर्न यो समुहले बैठक राखेको हो । यद्यपी यो बैठकबारे पार्टीको संस्थापन पक्षले गम्भीर आपत्ति प्रकट गरेको छ ।

एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले हिजो एक विज्ञप्ति प्रकाशित गर्दै आज बिहीबार पार्टीको कुनै पनि बैठक भेला नभएको भन्दै अनधिकृत बैठकमा सहभागी नबन्न नेताहरुलाई आग्रह गरेका थिए।

पार्टीभित्र अध्यक्ष केपी शर्मा ओलीले स्वेच्छाचारीता र व्यक्तिवादी चरित्रको विरोध गर्न भन्दै एकजुट बनेको नेपाल पक्ष प्रधानन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिने दिन साउन ३ गतेदेखि आन्तरिक रुपमा विभाजित जस्तै बनेको छ । नेता नेपालसहित नेपाल पक्षका २२ सांसदले देउवालाई विश्वासको मत दिएका थिए भने नेपाल पक्षकै ११ जना नेताले संसद बैठक बहिस्कार गरेका थिए ।

पार्टी संस्थापनको निर्देशन विपरित मतदान गर्ने र बैठक नै बहिस्कार गर्ने नेपाल पक्षका नेताहरुबीच अहिले सरकारमा सहभागी हुने या नहुने, आफ्नो समुहलाई ओली पक्षमा मिलाउने या नमिलाउने, अलग्गै पार्टी बनाउने या ओलीसँग सहमति गर्ने लगायतका विषयमा फरक मत देखिँदै आएको छ । यौटै समुहभित्र फरकफरक दृष्टिकोण आउँदा समस्या हुने भन्दै नेपाल पक्षले आज एकीकृत धारणा बनाउन आफु निकट केन्द्रीय सदस्यहरुको बैठक बोलाएको हो ।

 

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहिबार  ११ : ४१ बजे

क्रिकेटर लामिछानेको मुद्दा आज हेर्न नमिल्नेमा, जेठ १ गतेका लागि पेशी तोकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

बढ्यो बाँकेमा साइबर अपराध

नेपालगन्ज । सूचना प्रविधिको विकाससँगै बाँकेमा साइबर अपराधका घटना बढेको

यस्तो बन्यो नयाँ जसपाको सांगठनिक संरचना, अध्यक्ष अशोक राई, महासचिव मोहम्मद इस्तियाक राइ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व

Japanese Minister calls on President

Kathmandu: The visiting Minister for Foreign Affairs of Japan, Kamikawa