२० असार २०८३, शनिबार | July 4, 2026

माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक : योगेश र सुरेन्द्र अनुपस्थित, ७० बढी नेता सहभागी



काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षीय केन्द्रीय सदस्यहरुको बैठक जारी छ ।

काठमाडौंको बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बसिरहेको बैठकमा सुरेन्द्र पाण्डे र योगेश भट्टराई अनुपस्थित भएका छन् । पाण्डे र भट्टराई कोरोना भाइरसको कन्ट्रयाक्ट ट्रेसिङमा परेका कारण बैठकमा अनुपस्थित भएको बताइएको छ ।

पार्टीका उपाध्यक्ष भीम रावलसहित अन्य ७७ जना नेताहरु बैठकमा उपस्थित छन् । बैठकमा यसअघि केपी ओलीको पक्षमा रहेका प्रेम आले पनि उपस्थित भएका छन् । केही नेता उपत्यका बाहिर रहेका कारण उपस्थित हुन नसकेको दाबी गरिएको छ ।

पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै आफ्नो पक्षले आगामी दिनमा लिनुपर्ने रणनीति तय गर्न यो समुहले बैठक राखेको हो । यद्यपी यो बैठकबारे पार्टीको संस्थापन पक्षले गम्भीर आपत्ति प्रकट गरेको छ । एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले हिजो एक विज्ञप्ति प्रकाशित गर्दै आज बिहीबार पार्टीको कुनै पनि बैठक भेला नभएको भन्दै अनधिकृत बैठकमा सहभागी नबन्न नेताहरुलाई आग्रह गरेका थिए।

पार्टीभित्र अध्यक्ष केपी शर्मा ओलीले स्वेच्छाचारीता र व्यक्तिवादी चरित्रको विरोध गर्न भन्दै एकजुट बनेको नेपाल पक्ष प्रधानन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिने दिन साउन ३ गतेदेखि आन्तरिक रुपमा विभाजित जस्तै बनेको छ । नेता नेपालसहित नेपाल पक्षका २२ सांसदले देउवालाई विश्वासको मत दिएका थिए भने नेपाल पक्षकै ११ जना नेताले संसद बैठक बहिस्कार गरेका थिए ।

पार्टी संस्थापनको निर्देशन विपरित मतदान गर्ने र बैठक नै बहिस्कार गर्ने नेपाल पक्षका नेताहरुबीच अहिले सरकारमा सहभागी हुने या नहुने, आफ्नो समुहलाई ओली पक्षमा मिलाउने या नमिलाउने, अलग्गै पार्टी बनाउने या ओलीसँग सहमति गर्ने लगायतका विषयमा फरक मत देखिँदै आएको छ । यौटै समुहभित्र फरकफरक दृष्टिकोण आउँदा समस्या हुने भन्दै नेपाल पक्षले आज एकीकृत धारणा बनाउन आफु निकट केन्द्रीय सदस्यहरुको बैठक बोलाएको हो ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहिबार  ३ : ४९ बजे

प्रचण्ड र माधव नेपाल आज बुटवल आउँदै, प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्ने

बुटवल । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

विश्वकपमा मेसीको अर्को इतिहास, लगातार आठ खेलमा गोल गर्ने पहिलो खेलाडी

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले फिफा विश्वकप इतिहासमा अर्को

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु । नारायणघाट-बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य सडकको

फरार दुई प्रतिवादी पक्राउ

कञ्चनपुर । कञ्चनपुर प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना

देशभर मनसुन सक्रिय, आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि