२० असार २०८३, शनिबार | July 4, 2026

केन्द्रीय सदस्यहरुलाई माधव नेपालले भने – ओली सच्चिन तयार नभएसम्म एकता सम्भव छैन



काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा आत्मालोचना गरे पार्टी एकता हुने बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित आफू पक्षीय केन्द्रीय कमिटी सदस्यहरूको बैठकमा बोल्दै नेता नेपालले ओलीले अहिलेसम्म गरेका गल्ती कमजोरी स्वीकार गरेर आत्मालोचना गरे मात्र साँचो अर्थमा पार्टी एकता हुने बताएका हुन् ।

नेपालले ओली सच्चिन तयार नभएसम्म उनीसँग मिसिलन जानु राजनीतिक रुपमा आत्महत्या सरह हुने बताए । नेपालले सम्मानजनक हैसियतमा मात्रै पार्टी एकता हुनुपर्ने स्पष्ट पारे ।

बैठकमा नेपालले भनेका छन्, ‘सम्मानजनक ढंगले एकता नगर्ने परिस्थितिमा ओलीसँग मिसिनु राजनीतिक आत्महत्या हुने छ । त्यसैले हामीले सम्मानजनक हैसियतबिना ओलीसँग एकताको रटान गरेर मात्रै हुँदैन ।’ ‘म एकताकै पक्षमा छु । एकता गर्ने कुरामा कहिल्यै र कुनै सहमतिमा विमति हुँदैन तर सम्मानजनक हैसियत बिनाको एकता भए भोलि उत्पन्न हुने दुष्परिणामको भागिदार म बन्नुपर्ने हुन्छ’ नेपालले भने, ‘हामी धेरै अघि बढिसकेका छौं। ओलीले गल्ती सच्याएर आउँछन् भने एकता हुन्छ नत्र हुन्न ।

केपी ओलीको पछिल्ला अभिव्यक्ति एकता गर्ने भन्दा पनि आफूहरुलाई अल्मल्याउने उद्देश्यबाट आउने नेपालले दाबी गरेका छन् । आफुहरु र ओली पक्षकै केही नेताहरुबाट साँचो अर्थमा एकताको प्रयास भैरहे पनि अध्यक्ष ओलीका एकलौटी र एकलकाँटे कुराले समस्या पारिरहेको उनले बताएका छन् । ओली विश्वास गर्न लायक पात्र नरहेको भन्दै नेपालले ओलीका व्यवहार र अभिव्यक्तिकै कारण पार्टी एकताको सम्भावना कमजोर रहेको बताएका छन् । नेपालले ओलीले जस्तो बोले पनि आफू पक्षधर नेताहरुलाई उनले संयमित भएर अभिव्यक्ति दिन आग्रह समेत गरेका छन् ।

बैठकमा पार्टीभित्रको विवाद समाधानका लागि गठन भएको कार्यदलका नेपाल पक्षीय नेता भीम रावलले कार्यदलमा भएको १० बुँदे सहमतिबारे जानकारी गराएका थिए ।

आजको बैठकमा बलाराम बाँस्कोटा, विजय पौडेल झपट रावल, रामकुमारी झाँक्री, ठाकुर गैरे, चूडामणि जंगली, भानुभक्त जोशी, नागेन्द्र चौधरी लगायतका केन्द्री य सदस्यहरुले आफ्नो धारणा राखेका छन् । बैठक भोलि बिहान ११ बजे पुनः बस्नेछ ।

केन्द्रीय कमिटी बैठक बस्नुअघि नेपाल पक्षीय स्थायी कमिटी बैठक बसेको थियो । आजको बैठकमा नेताहरु सुरेन्द्र पाण्डे र योगेश भट्टराई अनुपस्थित भएका थिए ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहिबार  ६ : ५२ बजे

इरानद्वारा दिवङ्गत सर्वोच्च नेता खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह सुरु

तेहरान । इरानले शनिबार बिहानदेखि दिवङ्गत सर्वोच्च नेता आयतोल्लाह अली

सिँचाइ अभाव हुँदा बाँकेमा १८ प्रतिशत मात्र रोपाइँ

नेपालगन्ज । सिँचाइ अभाव हुँदा अकाशे पानीको भरमा बाँकेमा १८

मुक्तिनाथबाट फर्किने भारतीय पर्यटकले बागलुङमा चहलपहल

बागलुङ । मुक्तिनाथ दर्शनका लागि आउने भारतीय तीर्थयात्रीको सङ्ख्या बढेसँगै

कर्णाली नदी दुर्घटनामा बेपत्ता गाडी खोजीमा गोताखोर टोली परिचालन

काठमाडौं । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली नदीमा खसेको

थैव समाजद्वारा वनवाटिकालाई कुर्ची हस्तान्तरण

बुटवल । थैव समाजले तिलोत्तमा नगरपालिकास्थित शकरनगर वनविहार तथा अनुसन्धान