१५ बैशाख २०८१, शनिबार | April 27, 2024

आजको मौसम : देशभरका धेरै स्थानहरुमा वर्षाको संभावना



काठमाडौं । देशभर शुक्रबारको मौसममा सामान्य देखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मुलुकका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन् ।

प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । शुक्रबार राति पनि देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

अहिले बिहान देशभर सामान्य देखि पूर्ण बदली रहेको छ । हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ ।

देशभर धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रही प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू-भूगमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहने महाशाखाले जनाएको छ ।

यस्तै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ७ : ५६ बजे

नेपालमा लगानी बढाउन नीतिगत स्पष्टता जरुरीः अमेरिकी राजदूत थम्पसन

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले कुनै

सभापति देउवाद्वारा उपनिर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएकामा धन्यवाद ज्ञापन

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इलाम

इलाम-२ मा शान्तिपूर्ण रूपमा मतदान सकियो

इलाम । इलाम क्षेत्र नं २ मा आज भएको प्रतिनिधिसभा

आचारसंहिता उलंघन गरेपछि रास्वपा उम्मेदवार मिलन लिम्बूमाथि कारवाही थाल्दै आयोग

काठमाडौं । इलाम-२ मा रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बुले निर्वाचन

नेपालको वेस्ट इन्डिज ए माथि शानदार जित

काठमाडौं । कप्तान रोहित पौडेलको शतकमा नेपालले पहिलो टी२० खेलमा वेष्ट