२८ मंसिर २०८२, आइतबार | December 15, 2025

कोरोना कहरः ४ सय ८६ जना नेपालीको विदेशमा मृत्यु



काठमाडौं । विश्वभर फैलिएको कोभिड महामारीले वैदेशिक रोजगारीलाई प्रत्यक्ष प्रभाव पारेको छ । वैदेशिक रोजगारीमा जान र फर्किने मात्र नभएर कोभिडको संक्रमणका कारण धेरै नेपालीको गन्तव्य मुलुकमै निधन भएको छ । हालसम्म ५ सय नेपालीको कोभिडका कारण निधन भएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार कोभिडका कारण गत शनिबारसम्म विदेशी भूमिमा ४ सय ८६ जना नेपालीको मृत्यु भएको छ । २९ देशमा रहेका नेपालीले विदेशमा ज्यान गुमाएका हुन् । संघको स्वास्थ्य समितिकाअनुसार हालसम्म ५४ देशमा रहेका नेपाली कोभिडबाट प्रभावित भएका छन् ।

संघका अनुसार १ लाख २७ हजार ९ सय ३४ जना नेपालीमा कोभिड संक्रमण फेला परेको छ । यसमध्ये १ लाख १७ हजार ५ सय २९ जना नेपाली कोभिडमुक्त भइसकेका छन् । विभिन्न मुलुकमा गरी हालसम्म १० हजार ४ सय ५ जना नेपाली संक्रमित भएका छन् । उनीहरूको विभिन्न स्थानीय अस्पताल र आइसोलेसनमा उपचार भइरहेको छ । स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार हालसम्म विदेशमा कोरोना संक्रमणबाट ९१.८६ प्रतिशत नेपाली संक्रमणमुक्त भएका छन् ।

कोभिडकै कारण वैदेशिक रोजगारीको आकार खुम्चिएको छ । पछिल्लो समयमा करिब डेढ लाखको संख्यामा नेपाली कामदार वैदेशिक रोजगारमा गएका छन् । कोभिड अघिसम्म बर्सेनि करिब ५ लाखको संख्यामा वैदेशिक रोजगारीमा नेपाली जाने गरेका थिए । कोभिडका कारण विदेशबाट रोजगारी गुमाएर फर्किनेको संख्या ५ लाख नाघेको छ। नेपालमा रोजगारीको अवसर सिर्जना गर्न ध्यान नदिइएकाले थप बेरोजगारको समस्या निम्तिएको छ ।

नेपालमै स्वरोजगार रहेका १६ लाखभन्दा बढीले रोजगारी गुमाउन बाध्य भएका छन् । नेपालसहित गन्तव्य मुलुकमा कोभिडको जोखिम दर कायमै छ । मलेसियामा मात्रै एक सातामा ३७ जनाको ज्यान गएको छ । पछिल्लो समयमा इराक र युगान्डामा पनि कोभिडको जोखिम बढेको छ । पछिल्लो साता ती मुलुकहरूमा एक/एक जना नेपाली कामदारको निधन भएको छ । गन्तव्य मुलुकले अझै विदेशी कामदारको माग गरेका छैनन् । कोभिडविरुद्धको खोप लगाइसकेकाको हकमा प्रवेश गर्न दिने व्यवस्थाका कारण केही संख्यामा नेपाली कामदार गन्तव्य मुलुकमा जान थालेका छन् ।

‘पहिलेभन्दा रोग कडा छ, तर पहिलेजस्तो अवस्था कहालीलाग्दो छैन,’ उनले भने । वैदेशिक रोजगारको क्रममा बिदामा आएका नेपाली कामदारलाई क्युआरकोड सहितको खोप लगाउने बातावरण मिलाउनुपर्ने उनले बताए । ‘विदेश जाने नेपाली र बिदामा आएर अलपत्र परेकालाई खोप र क्युआरकोडको व्यवस्था तत्काल गर्नुपर्छ,’ उनले भने ।

संघको स्वास्थ्य समितिका अनुसार हालसम्म ५४ देशमा १ लाख २७ हजार ९ सय ३४ जना नेपालीमा कोभिड संक्रमण फेला परेको छ । तीमध्ये १ लाख १७ हजार ५ सय २९ जना नेपाली कोभिडबाट मुक्त भइसकेका छन् ।

पछिल्लो दुई साताको अवधीमा मलेसिया र भारतमा रहेका नेपालीमा कोभिडको संक्रमण दर उच्च देखिएको छ । मलेसियामा कार्यरत नेपालीको संख्या धेरै छ । विदेशस्थित नेपाली समुदाय, विदेशमा कार्यरत नेपाली चिकित्सक, नेपाली नियोग, संघसंस्थामार्फत गैरआवासीय नेपाली संघले प्रभावित नेपाली कामदारको तथ्यांक संकलन गर्दैआएको छ ।

कोभिड १९ उच्चस्तरीय समितिका संयोजक चिरन शर्माले स्वास्थ्य मापदण्ड अपनाउन सके सक्रमणको जोखिमबाट जोगिन सक्ने बताए ।

विदेशमा ८३ लाख नेपाली छन् । श्रम स्वीकृति लिएर मात्रै हालसम्म ५५ लाख नेपाली बिभिन्न मुलुक पुगेका छन् । यसमध्ये कति फर्किए भन्ने यकिन तथ्यांक सरकारसँग छैन । विभिन्न प्रयोजनका लागि विदेशी भूमिमा ८३ लाख नेपाली बसोबास गरिरहेको बताइएको छ । खतरा नटरेका कारण संक्रमण दर अझै बढ्न सक्ने भएकाले विदेशमा रहेका नेपालीलाई मास्क लगाउन, मुख धुनुअघि हात साबुन पानीले धुन, अपरिचित व्यक्तिसँग टाढैबाट भलाकुसारी गर्न, भीडभाडमा न जान र अनिवार्य रूपमा खोप लगाउन डा। सापकोटाले आग्रह गरेका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा तुलसी सुवेदीले लेखेका छन ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ७ : ५० बजे

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर