१३ श्रावण २०८३, बुधबार | July 30, 2026

स्वास्थ्य मन्त्रालयबाट देशभर एक हजार ४३३ खोप केन्द्र थपिए



काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभर कोरोना भाइरसविरुद्धको खोप लगाउन खोप केन्द्र थप गरेको छ ।

खोप लगाउनेको भीड हुन थालेपछि देशभर खोप केन्द्र थप गरिएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए । उनका अनुसार अनुसार देशभरि नै पहिलेको भन्दा एक हजार चार सय ३३ खोप केन्द्र थप गरिएको छ ।

पहिले दुई हजार नौ सय ८९ खोप केन्द्र रहेका थिए । अहिले थप गरेर चार हजार चार सय २२ खोप केन्द्र पुगेका छन् ।

काठमाडौं उपत्यकामा पनि ८३ खोप केन्द्र थप गरिको अब उपत्यकामा खोप केन्द्रको संख्या एक सय ४९ पुगेको छ । उपत्यकामा पहिले ६६ खोप केन्द्र थिए ।

सरकारले २०७७ माघ १४ गतेदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन शुरु गरेको थियो । अहिलेसम्म ४४ लाख तीन हजार २१ जनाले पहिलो डोज र २२ लाख आठ हजार ५५ जनाले पूर्ण खोप लगाइसकेका छन् ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ८ : २२ बजे

सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता

काठमाडौँ । सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड र

प्रधानमन्त्री शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेतामा वालेन्द्र शाह

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौँ । सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष बैंकिङ सुविधा सम्बन्धि सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच कर्मचारी

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ