६ श्रावण २०८३, बुधबार | July 22, 2026

बाढी पीडित



पीडा प्रकोपको
भिजेको छ अनुहार
रु पाँच हजार

बेलाबेलामा स्वरुप परिवर्तन गर्नु समयको गति । प्रकोप प्रकृतिको रुप । अतिबृष्टि, भू–क्षय मौसमको रुप । नेपालको पहाडी भूभागमा पहिरो आएर असंख्य जनधनको क्षति । तराईका माटाका घरहरुमा बाढी पसेर असंख्य जनधनको क्षति । जताजतै मान्छेहरुको विचल्ली ।

प्रधानमन्त्री गिरिमणीले “बाढी पैरो पीडितोद्धार सहायता”भनेर “प्रधानमन्त्री राहत कोष”नामक थैलो स्थापना गरे । त्यसमा रकम जम्मा गर्नको लागि देशी विदेशीलाई आह्वान गरे ।

कथाकार

आह्वान गरे अनुसार देश विदेशबाट अपेक्षाभन्दा बढी अथाह रकम कोषमा जम्मा हुन आयो । प्रधानमन्त्रीको छाति खुशीले प्रफुल्ल भयो । आफनो धन जन गुमाएर बचेका बाढी पीडितहरु मिडियाबाट ओइरो लागेका खबरहरु सुनेर राम्रैसंग ओत लाग्न पाइएला की भनेर आशा भरोसाको छाति फुलाएर बसिरहेका थिए ।

राज्यकोषको मह चाट्न पल्केका श्री श्री श्री गिरिमणीबाट पीडितहरुलाई तत्काल उद्धार हुने सुरसारै भएन । पीडितहरुको नाङ्गो जीवन लामो समय प्रतीक्षामा झुण्डिरह्यो । सुरसार भएन । सडकभरि जनआवाजहरु छरपस्ट घन्किए । परिस्थितिले उग्र रुप लिन थाल्यो । अन्ततः “प्रति परिवार रु पाँच हजार”भन्ने सरकारबाट घोषणा भयो । सरकारी निकायहरुले झ्याली पिटाए–“प्रमाणित कागज ल्याएर आएमा तुरुन्त रकम भुक्तानी दिइने, रु ५०००। –पाँच हजार ।

अरु पार्टी मात्र नभै,आफ्नै ज्येष्ठ साथीलाई चुनावमा पटक पटक धोका दिएर सत्ताको डोरी जहिले पनि आफ्नै पोल्टामा पार्न सफल, तर अकर्मण्य, चरम उदासिन,चिन्तनहीन गिरिमणीको यो संस्कार उनी जिवितहुन्जेल कायम रह्यो,देशलाई मुर्दाशान्ति बनाएर ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ११ : ४६ बजे

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

सुर्खेत । मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय

आज ४४ औँ विपी स्मृति दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न