१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

बाढी पीडित



पीडा प्रकोपको
भिजेको छ अनुहार
रु पाँच हजार

बेलाबेलामा स्वरुप परिवर्तन गर्नु समयको गति । प्रकोप प्रकृतिको रुप । अतिबृष्टि, भू–क्षय मौसमको रुप । नेपालको पहाडी भूभागमा पहिरो आएर असंख्य जनधनको क्षति । तराईका माटाका घरहरुमा बाढी पसेर असंख्य जनधनको क्षति । जताजतै मान्छेहरुको विचल्ली ।

प्रधानमन्त्री गिरिमणीले “बाढी पैरो पीडितोद्धार सहायता”भनेर “प्रधानमन्त्री राहत कोष”नामक थैलो स्थापना गरे । त्यसमा रकम जम्मा गर्नको लागि देशी विदेशीलाई आह्वान गरे ।

कथाकार

आह्वान गरे अनुसार देश विदेशबाट अपेक्षाभन्दा बढी अथाह रकम कोषमा जम्मा हुन आयो । प्रधानमन्त्रीको छाति खुशीले प्रफुल्ल भयो । आफनो धन जन गुमाएर बचेका बाढी पीडितहरु मिडियाबाट ओइरो लागेका खबरहरु सुनेर राम्रैसंग ओत लाग्न पाइएला की भनेर आशा भरोसाको छाति फुलाएर बसिरहेका थिए ।

राज्यकोषको मह चाट्न पल्केका श्री श्री श्री गिरिमणीबाट पीडितहरुलाई तत्काल उद्धार हुने सुरसारै भएन । पीडितहरुको नाङ्गो जीवन लामो समय प्रतीक्षामा झुण्डिरह्यो । सुरसार भएन । सडकभरि जनआवाजहरु छरपस्ट घन्किए । परिस्थितिले उग्र रुप लिन थाल्यो । अन्ततः “प्रति परिवार रु पाँच हजार”भन्ने सरकारबाट घोषणा भयो । सरकारी निकायहरुले झ्याली पिटाए–“प्रमाणित कागज ल्याएर आएमा तुरुन्त रकम भुक्तानी दिइने, रु ५०००। –पाँच हजार ।

अरु पार्टी मात्र नभै,आफ्नै ज्येष्ठ साथीलाई चुनावमा पटक पटक धोका दिएर सत्ताको डोरी जहिले पनि आफ्नै पोल्टामा पार्न सफल, तर अकर्मण्य, चरम उदासिन,चिन्तनहीन गिरिमणीको यो संस्कार उनी जिवितहुन्जेल कायम रह्यो,देशलाई मुर्दाशान्ति बनाएर ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ११ : ४६ बजे

दशौँ राष्ट्रिय खेलकुद : मन्त्री पोखरेल र मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत । आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तीव्रता

मोरङको केरौन १३२ केभी सबस्टेसन आइतबारबाट सञ्चालनमा

काठमाडौं । मोरङका उत्तर तथा दक्षिण पूर्वी क्षेत्रको विद्युत आपूर्तिलाई

एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सको जित

काठमाडौँ । काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)

सगरमाथा क्लबलाई अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि

नेपालगन्ज । तेस्रो नेपालगञ्ज अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि ललितपुरको सगरमाथा

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का