२३ चैत्र २०८२, सोमबार | April 6, 2026

नवलपुरका ७ दलले मुख्यमन्त्रीलाई बुझाए नवलपुर विकासको साझा अवधारणा



नवलपुरका ७ दलले मुख्यमन्त्रीलाई बुझाए नवलपुर विकासको साझा अवधारणा

नवलपुर । पूर्वी नवलपरासीमा रहेका ७ दलले तयार पारेको नवलपुर क्षेत्रको विकासको साझा अवधारणा शनिबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेललाई बुझाएका छन् ।

हालको सत्ताधारी दल र केही सत्ता बाहिरका दलले नवलपुर जिल्लाको समग्र विकासको अवधारणा तयार पारेर उक्त अवधारणा अनुसारको काम गर्न माग गर्दै मुख्यमन्त्री नेपालीलाई उक्त माग बुझाएका हुन् ।

गठबन्धनको साझा अवधारणसम्बन्धी मागपत्र बुझ्दै मुख्य मन्त्री नेपालीले नवलपुरको विकासका लागि दलहरुले तयार पारेको साझा अवधारणा अनुसार आफू काम गर्ने तयार रहेको बताए । उनले भने – ‘केही केन्द्रीय सरकारले गर्नु पर्ने निर्णयहरु पनि छन् त्यसका लागि केन्द्रिय सरकारसँग पनि पहल गर्ने छु । मैले आफ्नो ठाउँबाट गर्न सक्ने गर्ने छु ।’

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, माधवकुमार नेपाल नेतृत्वको नेकपा एमाले, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, विवेकशिल साझा पार्टी र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले संयुक्त रुपमा अवधारणापत्र बुझाएका हुन।

संयुक्त अवधारणा गण्डकी प्रदेशका मुख्यमन्त्री नेपालीलाई नेकपा माओवादी केन्द्र नवलपुरका सचिव मित्रशरण शर्मा विहानीले हस्तान्तरण गरेका थिए ।

७ दलले नमुना सदरमुकामको डिपिआरको अध्ययन र सम्बन्धित निकाययमा काम अघिको बढाउनका लागि पहल गर्ने, जिल्ला स्तरीय खेलकुद रंगशाला निर्माणको लागि माग गर्नेदेखि जिल्लामा डोमेस्टिक एयर पोर्ट निर्माणको लागि माग गर्ने लगायतका १३ बुदे अवधारणा रहेको छ ।

जसअन्तरगत नारायणी तट्बन्धन, सडक निर्माण, वन्यजन्तुबाट समुदायमा हुने क्षति रोक्नका लागि तारबार र वालनिर्माण, पिसपार्कको समग्र प्रोजेन्टको लागि माग गर्ने, मौलाकालिकादेखि धौवादी हुँदै पाल्पा मित्याल जोड्ने पर्यटकीय पैदल मार्ग निर्माणको लागि माग गर्ने रहेका छन् ।

त्यसैगरी चुरे महाभारतबाट उत्पत्ति भई नारायणी नदीमा जोडिने ठाडा खोलाहरुको तटबन्ध गर्न माग गर्ने, साथै उक्त खोलाहरुमा प्राप्त हुने नदीजन्य स्रोतहरुको व्यवस्थापन गर्न सम्बन्धित निकायहरुसँग छलफल र ध्यानाकर्षण गर्ने, कृषि क्षेत्रसँग सम्बन्धित कृषि उद्योगको माग गर्ने, पूर्वपश्चिम राजमार्गको मध्यविन्दुमा पार्क निर्माण, त्रिवेणी दुम्किबास झ्यालबास हुँदै पोखरा र उत्तरी नाका कोरला जोड्ने प्रदेश स्तरीय मार्गलाई छिटो सञ्चालनमा ल्याउन माग गर्ने साझा अवधारणा बनाएका छन् ।

त्यसैगरी भृकुटी कागज कारखाना र धौवादी फलाम खानी उद्योग सञ्चालनका लागि ध्यानाकर्षण गराउने, जिल्लामा प्राविधिक विश्व विद्यालय निर्माणको लागि माग गर्ने लगायतका रहेका छन् ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ९ : ४० बजे

राजगुठी जग्गा संरक्षण गर्न घ्याङ गुठीको माग

काठमाडौं । गुठी संस्थानअन्तर्गत रहेको बौद्धको राजगुठी जग्गा संरक्षण गर्न

स्मार्ट च्वाइस टेक्नोलोजिज र सिटी टेक ग्रुपबीच फिनपोस मार्फत रणनीतिक साझेदारी

काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिजले सिटीटेक ग्रुपसँग डिजिटल भुक्तानी क्षेत्र का

प्रतिनिधिसभा बैठकअघि सर्वदलीय छलफल, नयाँ नियमावली बनाउन मस्यौदा समिति गठन

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा बैठक बस्नुअघि सर्वदलीय बैठक सेको

बैंक तथा वित्तीय संस्थाहरू पनि शनिबार र आइतबार बन्द हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि

२ हजार ६ सय रुपैयाले घट्यो सुनको मूल्य

काठमाडौं । सोमबार सुनको भाउ तोलामा २ हजार ६ सय