२९ मंसिर २०८२, सोमबार | December 15, 2025

कम्युनिटी शिल्डको उपाधि लेस्टर सिटीले जित्यो



काठमाडौं । एफए कम्युनिटी सिल्डको उपाधि लेस्टर सिटीले जितेको छ । शनिबार भएको फाइनल खेलमा म्यानचेस्टर सिटीमाथि १-० को जित निकाल्दै लेस्टरले उपाधि हात पारेको हो ।

लेस्टरको जितमा केलेची इहेनाचोले गरेको गोल निर्णायक बन्यो । उनले खेलको ८७ औं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए ।

डिफेन्डर नाथन आकेले पेनाल्टी क्षेत्रभित्र इहेनाचोलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । त्यसमा इहेनाचोले नै गोल गनै सफल भए । योसँगै लेष्टरले दोस्रो पटक कम्युनिटी शिल्डको उपाधि जितेको छ ।

लेष्टर एफए कप विजेता र सिटी प्रिमियर लिग विजेताको रुपमा फाइनलमा प्रतिस्पर्धा गरेका हुन् । सिजनको सुरुवातमा कम्युनिटी सिल्डको लागि प्रतिस्पर्धा हुने परम्परा रहेको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  ७ : २१ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले