३० श्रावण २०८३, शनिबार | August 15, 2026

मासुको उद्योग सफल भएपछि पौडेलले शुरु गरे आलुको उद्योग



बुटवल । सुद्घोधन गाउपालिका वडा नं ४ मा आलुको विविधिकरण गर्ने उद्योग संचालन हुने भएको छ। रुपन्देहीमा सुपर क्वालिटी मिटबाट बजारमा मासुका परिकार पस्कदै आएका संचालक कृष्ण प्रसाद पौडेलले नयाँ ब्यवसायकारुपमा आलुको विविधिकरण गर्ने उद्योग शुरु गरेका हुन।

कृषकको पौरख हाम्रो गौरब (आलु खेतीमा नया क्रान्ति) नारासहित डेढ अर्ब रुपैयाको लगानीमा शुरु भएको फष्ट च्वाईस फुड प्रालिको ८० प्रतिशत निर्माणको काम सकिएको आईतबार पत्रकार सम्मेलन गरि जानकारी गराईएको छ । पत्रकार सम्मेलनमा बोल्दै उद्योगी पौडेलले यसअघि बजारमा भारतबाट करीब ८ सय टनसम्म आलुका परिकार भित्रयाउने गरेको बताए । उनले अहिले पनि वार्षिक १६ अरब बराबरको ५ हजार ७ सय मेट्रिक टन आलुका परिकार भित्रने गरेको तथ्याकबाट पुष्टि भएको उल्लेख गर्दै आलु आयातलाई प्रतिस्थापन गर्ने उद्देश्यले आलुको विविधिकरण उद्योगमा हात हालेको बताए।

आलुजन्य खाद्य उद्योगहरुमा कच्चा पदार्थका रुपमा प्रयोग हुने नेपाली बजारको आलु उद्योगलाई उपयोगी नहुने भन्दै नेदरल्याड र भारतबाट ७ देखि १० प्रजातिका आलुका बीउ ल्याएर किसानलाई वितरणको तयारी गरिएको उनले बताए। आलु उत्पादनका लागि बर्दिया, बाके, तिलोत्तमा लगायतका किसान र जनप्रतिनिधिसंग अन्तरक्रिया समेत गरिएको उनले जानकारी दिए । किसानलाई आलुखेतीमा लगाउदा हुने फाईदा र नयाँ उद्योगबाट विउविजन र प्राविधिक सहयोग समेत दिइने उनले बताए।

आलु बाली विशेषज्ञ डा. श्याम प्रसाद ढकालले अबको एक वर्षमा नै परिक्षण उत्पादन शुरु हुने बताए। पुर्वाधार निर्माणको काम अन्तिम चरणमा आएको भन्दै दुई वर्षभित्र नेपाली बजारभरि उत्पादन लैजाने उनले बताए।

आलुको फ्रेन्च फ्राई, चिप्स, पोटाटो स्टार्च लगायत उत्पादन गरिने जनाउँदै उनले उद्योग १० घण्टा चलाउदा २० टन उत्पादन हुने बताए। उद्योगलाई १२ देखि १५ हजार टन आलु वार्षिक रुपमा आवश्यक पर्ने र त्यसका लागि १ हजार टन बीउ उत्पादन जरुरी हुने आलु विज्ञ ढकालले बताए । उद्योगमा प्रयोग हुने आलुका लागि निरोगी बीउ आवश्यक हुने भएकाले उद्योगले आफै टिस्यु कल्चर ल्याब संचालन गर्ने योजना रहेको उनले बताए ।

नेपालमा हाल सरकारी स्तरका ३ र निजि स्तरबाट संचालन भएका ९ वटा टिस्यु कल्चर ल्याब छन् ।

उद्योगी पौडेलले अफ सिजनमा आलुको अभाव नहोस् भन्ने उद्देश्यले दाङ, बुटवलमा समेत कोल्ड स्टोर राखेर आलु भण्डारण गरिने बताए। अहिले करीब १२ अर्ब रुपैया बराबरका आलुका परिकारहरु भित्रने र रकम बाहिर जाने गरेको भन्दै पाच वर्षमा ५० प्रतिशत आयात कम हुने उनले अपेक्षा गरे ।

प्रालिका ब्यवस्थापक अनिस कुमार खड्काले प्रस्तावित उद्योग किसानसंग जोडिएको परियोजना भएको बताए।

कार्यक्रममा बोल्दै सुद्धोधन गाँउपालिका अध्यक्ष किशुनचन्द्र चौधरी किसान आत्मनिर्भर नभई देश आत्मनिर्भर नहुने भन्दै नीजि क्षेत्रबाट भएका लगानी धेरै महत्वपुर्ण भएको बताए। स्थानिय सरकार सहकार्य गरेर जान तयार रहेको भन्दै उनले किसानलाई फाईदा दिने रुपमा फैक्ट्री स्थापना भएको बताए।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  १० : १९ बजे

चुनावपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार आफ्नो

India’s 80th Independence Day Celebrated in Kathmandu

Kathmandu, August 15, 2026: The 80th Independence Day of India

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले भारतको ८०औँ स्वतन्त्रता दिवस विभिन्न

उच्च अदालत पाटन बारमा मतदान जारी

काठमाडौं । उच्च अदालतहरूमध्ये सबैभन्दा बढी सदस्य भएको पाटन उच्च

नुवाकोटको शिवपुरी थानाभञ्ज्याङमा रोकिराखेको बस दुर्घटना, दुई जनाको मृत्यु तीन घाइते

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा रोकिराखेको बस आफैं गुडेर