३० चैत्र २०८२, सोमबार | April 13, 2026

बर्दियाका बडघरहरुले पाए सरकारी परिचयपत्र, थारु समुदायको परम्परालाई सरकारी मान्यता



बर्दिया । नेपाल मै पहिलो पटक बडघर प्रथालाई कानुनीमान्यता दिँदै बडघर ऐन जारी गरेको बर्दियाको बारबर्दिया नगरपालिकाले बडघरहरुलाई परिचयपत्र वितरण गरेको छ । २८ औँ आदीवासी जनजाती दिवसको अवसरमा नगरपालिकाले नगर क्षेत्र भरीका ९० जना मुल बडघरहरुलाई परिचयपत्र वितरण गरेको हो ।

नगरपालिकाले बडघर ऐन कार्यन्वयनको क्रममा गत बैशाख ६ गते बडघर प्रणाली सम्बन्धी बृहद गोष्ठी आयोजना गरेको थियो । गोष्ठीमा बडघरहरुले आधिकारीक परिचयपत्र दिनुपर्ने माग गरेका थिए ।

थारु समुदायमा अझैपनि बडघर प्रथा यथावत् रहीरहेको छ । समाजमा भएका विकृती विसंगती न्युनीकरण देखि विभिन्न सामाजिक कार्य गर्नका लागि बडघरहरुको महत्वपुर्ण भुमिका रहँदै आएको छ । स्थानीय सरकार नहुँदै समुदाय परिचालनका लागि बडघरहरुले महत्वपुर्ण भुमिका निर्वाह गरेका थिए । तर सरकारी कार्यालयले उनीहरुले गरेको कार्यको मान्यता नदिँदा समस्या हुँदै आएको थियो । गरपालिकाले आधिकारीक परिचयपत्र दिएपछि वडघरहरुले काम गर्नका लागि सहज हुने बडघर सञ्जालको नगर अध्यक्ष राम सोहन थारुले बताए । परिचयपत्र र प्रमाण पत्र दिएपछि बडघरहरुको हौसला बढेको बताउँदै नगरपालिकाको विकासको कामलाई अझै सघाउने बताए ।

परिचयपत्र वितरणका प्रमुख अतिथी लुम्बिनीप्रदेशका प्रदेश सभा सदस्य तिलक शर्माले बडघर प्रथा परम्परागत प्रथा भएपनि लोकतान्त्रिक पद्धतीको एउटा स्वरुप भएकाले यसलाई बचाइ राख्नु पर्ने बताए । उनले बडघर प्रथाले विभिन्न विगत् देखि नै सामाजिक काम गर्दै आएकोले बारबर्दिया नगरपालिकाले त्यसलाई मान्यता दिएको बताए ।
बारबर्दिया नगरपालिकाका नगर प्रमुख दुर्गाबहादुर थारुले बडघरहरुलाई सामाजिक, साँस्कृति, धार्मिक र विकास निर्माणका कामगर्नका लागि बारबर्दियाको बडघर ऐनले अधिकार दिएको बताए । उनले बडघर ऐनको सम्बन्धमा मुल बडघरहरुलाई अभिमुखिकरण कार्यक्रम गर्दै व्यवस्थीत बनाएर लैजाने बताए ।

बारबर्दियाको ८ औँ नगरसभाले ‘बारबर्दिया नगरपालिकाको क्षेत्र भित्र रहेका टोल बडघर संस्थालाई परिचालनगर्न बनेको ऐन २०७७’ पारित गरी लागु गरेको थियो ।

नगरपालिकाले ल्याएको ऐनमा बडघरको चयन, उनीहरुको कार्यक्षेत्र, कामकर्तव्य अधिकार, मर्यादा र नेपाल सरकारको प्रचलित ऐन नियमको विपरित नहुने गरी कार्य गर्नुपर्ने उल्लेख रहेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ७ : ४५ बजे

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ।

राष्ट्र बैंकद्वारा घरजग्गा कारोबारको प्रवृत्तिसम्बन्धी तथ्याङ्क सार्वजनिक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रियलस्टेट (घरजग्गा) कारोबारको वर्तमान अवस्था

बिस्केट जात्राको जीवन्तता

भक्तपुर । भक्तपुर जात्रामय बनेको छ । नयाँवर्षको सङ्घारमा भक्तपुरमा

खाडी नाकाबन्दीले युद्ध झन् चर्किने सङ्केत

तेहरान (रासस/एएफपी) । अमेरिका र इरानबीचको तनाव नयाँ उचाइमा पुगेको

खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा

पेरिस  । मध्य पूर्वमा जारी तनाव निर्णायक मोडतर्फ उन्मुख देखिएको