२३ माघ २०८२, शुक्रबार | February 6, 2026

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन रोक्न दायर रिट हेर्न नभ्याइने सूचीमा



काठमाडौं । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वानविरुद्ध एमाले सांसदद्वारा दायर गरिएको रिट मुद्दा हेर्न नभ्याइने सूचीमा पुगेको छ ।
न्यायाधीस प्रकाशमान सिंह राउतको एकल इजलाससमा परेको रिट मंगलबार हेर्न नभ्याइने सूचीमा परेको हो ।

लुम्बिनी प्रदेशसभामा एमाले सांसद लिला गिरीले सोमबार रिट निवेदन दर्ता गराएका थिए ।

संविधानको धारा १६८ को उपधारा १ अनुसार एकल बहुमतको सरकार विरुद्ध संसदमा दुई वर्षसम्म अविश्वासको प्रस्ताव दर्ता गर्न नपाइने भएपनि प्रदेश प्रमुखले सोही प्रस्तावमािथ छलफल गर्न विशेष अधिवेशन बोलाउनु असंवैधानिक भएको जिकिर गर्दै रिट दायर गरिएको थियो ।

त्यस अघि मुख्यमन्त्री पोखरेलकै पहलमा अधिवक्ता प्रवेश केसीले दायर गरेको रिटमा हकदैया नपुग्ने भन्दै दरपीठ भएपछि सांसद लिला गिरी सहितका सांसदहरुले अर्को रिट दायर गरेका थिए ।

लुम्बिनी प्रदेशसभाका ३४ सांसदहरुको समावेदनका आधारमा लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गतेका लागि प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेका छन् । विशेष अधिवेशनमा मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव माथि छलफल हुने कार्यक्रम रहेको छ ।

प्रदेशसभा अधिवेशन भोलि दिउँसो १ बजे बस्दैछ । अब विशेष अधिवेशन नरोकिने भएको छ ।

विशेष अधिवेशनमा विपक्षी दलहरुले मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध दायर अविश्वासको प्रस्तावमाथि छलफल हुनेछ । मुख्यमन्त्री पोखरेलको पक्षमा ३८ जना सांसद रहेका छन् । विपक्षमा ४१ जना सांसद रहेका छन् ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ५ : २८ बजे

झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु

बिर्तामोड । भद्रपुर नगरपालिका-१० सत्रविघेमा सिरिन्ज आक्रमण भएको छ ।

म्याग्दीमा दल र स्वतन्त्र उमेद्वारको प्रतिस्पर्धा

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक निर्वाचन क्षेत्र रहेको

सहिद पुत्री दिवान्सीले दिनदिनै सोधिन्, ‘मम्मी, बाबा खोइ ?’

सिरहा । तीन वर्षीया दिवान्सीले फेरि सोधिन्, ‘मम्मी, बाबा खोइ

आजको मौसम : तराईमा हुस्सु लाग्ने, पहाडी र हिमाली क्षेत्रमा मौसम सफा रहने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसम

आज महिला यौनाङ्गछेदनविरुद्ध शून्य सहनशीलता दिवस

काठमाडौं । आज महिला यौनाङ्गछेदन (फिमेल जेनेटल म्युटिलेसन) विरुद्ध अन्तरराष्ट्रिय