२९ मंसिर २०८२, सोमबार | December 15, 2025

जसपाबाट निष्काशित लुम्बिनी प्रदेश सरकारका एक मन्त्रीले दिए राजीनामा



बुटवल । पार्टीको निर्णय विपरित सरकारमा सहभागी भएको अभियोगमा जनता समाजवादी पार्टीबाट कारवाहीमा परेर सांसद पदबाट समेत मुक्त भईसकेमा लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेयले मन्त्री पदबाट राजीनामा दिएका छन् । जसपाको निर्णय उल्लँघन गर्दै मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वको सरकारमा सहभागी भएका मन्त्री पाण्डेयले मंगलबार राजीनामा दिएका हुन् ।

सिद्धान्तको आधारमा राजनीति गर्ने जननिर्वाचित प्रतिनिधिले नैतिकताका आधारमा सरकारबाट फिर्ता हुनु नै उपयुक्त निर्णय ठानेर राजीनामा दिएको मन्त्री पाण्डेयले दिएको राजीनामामा उल्लेख गरेका छन् ।

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध विपक्षी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाले साउन १९ गते तेस्रो पटक दर्ता गरेको अविश्वास प्रस्तावमाथि छलफल गर्न १ रात बाँकी रहँदा मन्त्री पाण्डेयले राजीनामा दिएका छन् । प्रदेशसभाको विशेष अधिवेशन बुधबार दिउँसो १ बजे बस्दैछ ।

उता पार्टीबाट निष्काशनमा परिसकेका पाण्डेयले जसपा संसदीयदलको नामको दुरुपयोग गरेर दिएको राजीनामा प्रति निर्वाचन आयोगले आधिकारिकता दिएको जसपा लुम्बिनी प्रदेशसभा संसदीय दलका नेता सहषराम यादवले आपत्ति प्रकट गरेका छन् । यादवले सरकार ढल्ने निश्चित भएपछि पाण्डेले आफूखुशी राजीनामा दिएको हुनसक्ने बताए ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ११ : ३९ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले