२० असार २०८३, शनिबार | July 4, 2026

जसपाबाट निष्काशित लुम्बिनी प्रदेश सरकारका एक मन्त्रीले दिए राजीनामा



बुटवल । पार्टीको निर्णय विपरित सरकारमा सहभागी भएको अभियोगमा जनता समाजवादी पार्टीबाट कारवाहीमा परेर सांसद पदबाट समेत मुक्त भईसकेमा लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेयले मन्त्री पदबाट राजीनामा दिएका छन् । जसपाको निर्णय उल्लँघन गर्दै मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वको सरकारमा सहभागी भएका मन्त्री पाण्डेयले मंगलबार राजीनामा दिएका हुन् ।

सिद्धान्तको आधारमा राजनीति गर्ने जननिर्वाचित प्रतिनिधिले नैतिकताका आधारमा सरकारबाट फिर्ता हुनु नै उपयुक्त निर्णय ठानेर राजीनामा दिएको मन्त्री पाण्डेयले दिएको राजीनामामा उल्लेख गरेका छन् ।

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध विपक्षी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाले साउन १९ गते तेस्रो पटक दर्ता गरेको अविश्वास प्रस्तावमाथि छलफल गर्न १ रात बाँकी रहँदा मन्त्री पाण्डेयले राजीनामा दिएका छन् । प्रदेशसभाको विशेष अधिवेशन बुधबार दिउँसो १ बजे बस्दैछ ।

उता पार्टीबाट निष्काशनमा परिसकेका पाण्डेयले जसपा संसदीयदलको नामको दुरुपयोग गरेर दिएको राजीनामा प्रति निर्वाचन आयोगले आधिकारिकता दिएको जसपा लुम्बिनी प्रदेशसभा संसदीय दलका नेता सहषराम यादवले आपत्ति प्रकट गरेका छन् । यादवले सरकार ढल्ने निश्चित भएपछि पाण्डेले आफूखुशी राजीनामा दिएको हुनसक्ने बताए ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ११ : ३९ बजे

बाँकेमा चिकित्सकीय योग्यता र कानुनी अनुमति बिना घरभित्रै बिरामीको उपचार

नेपालगन्ज । बाँकेको ग्रामिण क्षेत्रमा अझैपनि स्वास्थ्य सम्बन्धी शैक्षिक योग्यता

कर्णाली दुर्घटना अपडेट : वेपत्ता चार यात्रुको पनि पहिचान खुल्यो

दैलेख । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गबाट कर्णाली नदीमा

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार

प्रचण्ड-माधव बुटवलमा, लुम्बिनी प्रदेश प्रशिक्षणमा सम्बोधन गर्ने

बुटवल । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

इरानद्वारा दिवङ्गत सर्वोच्च नेता खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह सुरु

तेहरान । इरानले शनिबार बिहानदेखि दिवङ्गत सर्वोच्च नेता आयतोल्लाह अली