२९ मंसिर २०८२, सोमबार | December 15, 2025

लुम्बिनी प्रदेश : विशेष अधिवेशन बहिस्कार गर्ने मुडमा एमाले; विपक्षी भन्छन् – प्रक्रिया रोकिँदैन



बुटवल । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन सत्तारुढ एमालेले बहिस्कार गर्ने संकेत गरेको छ । आज बिहान बसेको एमाले संसदीय दलको बैठकले प्रदेशसभामा उपस्थित हुने, बहिस्कार गर्ने या के गर्ने भन्ने विषयमा निर्णय गर्ने अधिकार संसदीय दलको नेतालाई दिएको छ ।

एमाले संसदीय दलका मुख्य सचेतक भूमिश्वर ढकालले बैठक नै असंवैधानिक ढंगले बोलाइएका कारण राजनीतिक निर्णय गर्ने बताएका छन् । ससदीय दलको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै मुख्य सचेतक ढकालले संविधानको संरक्षक रहेका प्रदेशप्रमुखबाट असंवैधानिक ढंगले अविश्वासको प्रस्ताव प्रक्रिया अघि बढाइएको बताउँदै त्यस विरुद्ध राजनीतिक निर्णय लिइने बताए । ढकालले प्रष्टसँग विशेष अधिवेशन बहिस्कार गर्ने नबताए पनि उनले सोही प्रकारको आशय भने व्यक्त गरेका छन् ।

सत्तारुढ दलले नै अविश्वासको प्रस्तावको सामना नगरी विशेष अधिवेशन बैठक बहिस्कार गरे प्रक्रिया अघि बढ्छ या बढ्दैन भन्ने अन्यौल पनि सुरु भएको छ ।

तर, प्रदेशसभा सचिवालयले भने विपक्षी दलहरुले राखेको अविश्वासको प्रस्तावमा प्रस्तावकहरु उपस्थित भएपछि बैठक अघि बढ्ने स्पष्ट पारेको छ । सचिवालयले दिउँसो १ बजे निर्धारित समयमा अधिवेशन संचालन हुने जनाएको छ ।

यस्तै, विपक्षी दल नेपाली कांग्रेसका सचेतक फकरुद्दीन खानले पनि अविश्वासको प्रस्ताव प्रक्रिया नरोकिने बताएका छन् । ‘एमालेले बहिस्कार गर्दैमा यो प्रक्रिया रोकिँदै । अब अघि बढ्छ’, खानले खबरकुरासँग बताए ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  १० : ४५ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार