६ पुस २०८२, आइतबार | December 22, 2025

प्रदेश प्रमुख कार्यालयमा मुख्यमन्त्रीको राजीनामा, प्रदेशसभामा अविश्वासको प्रस्ताव टेबल



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश प्रमुख कार्यालयमा राजीनामा बुझाउँदै गर्दा प्रदेश प्रमुख अमिक शेरचनको आह्वान गरे अनुसार विशेष अधिवेशन शुरु भएको छ । एक तिहाई सांसदहरुको समआह्वानका आधारमा आज १ बजेका लागि आह्वान भएको विशेष अधिवेशन आह्वान भएकोमा १ बज्न केहि मिनेट अगाडि मुख्यमन्त्री राजीनामा बुझाउन प्रदेश प्रमुख कार्यालयमा पुगेका थिए ।

मुख्यमन्त्रीको राजीनामाको आधिकारीकताको पत्र प्राप्त नभएका कारण निर्धारित समयमा प्रदेशसभाको विशेष अधिवेशन सुचारु गराईएको संसद सचिवालयले जनाएको छ ।

विशेष अधिवेशनमा अविश्वासको प्रस्ताव टेबल गर्दै नेपाली कांग्रेस संसदीयदलका नेता बिरेन्द्र कनोडियाले ढिलै भएपनि मुख्यमन्त्रीमा बद्धि पलाएको भन्दै राजीनामा दिएकोमा धन्यवाद ब्यक्त गरे ।

प्रदेशसभामा जसपाका सहर्षराम यादव, कृष्णध्वज खड्का, दुर्गा पाैडेल लगायतले सरकार र मुख्यमन्त्रीकाे आलाेचना गर्दै अविश्वासकाे प्रस्तावकाे पक्षमा अभिमत राखेका थिए । सभामुख पूर्ण घर्तीले अहिले १ घण्टाका लागि बैठक स्थगित गरेका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  १ : ५३ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको