३ पुस २०८२, बिहिबार | December 18, 2025

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज, महाधिवेशनबारे नयाँ तालिका आउला ?



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको हो ।

बैठकमा पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत हुने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

भदौ १६ देखि १९ सम्म महाधिवेशन गर्न मिति तोकिए पनि उक्त समयमा गर्न सम्भव नदेखिएको भन्दै महाधिवेशन सार्नुपर्ने नेताहरुले कुरा उठाएका छन् ।

स्रोतका अनुसार बुधबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा शीर्ष नेताहरुबीच भएको महाधिवेशनको नयाँ मितिबारेको छलफलमा भदौमा नभएर मंसिरमा प्रक्रिया शुरु गर्ने प्रस्ताव आएको थियो । तर महाधिवेशन धेरै पर धकेल्ने पक्षमा भने वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला सहमत देखिएका छैनन् । उनीहरुले भदौमा नै प्रक्रिया थाल्नु पर्ने भनेका छन् ।

कांग्रेसमा महाधिवेशन अगाडिको मुख्य कार्यभार भनिएको क्रियाशील सदस्यताले नै पूर्णता पाएको छैन । अझैसम्म पनि बारा र सप्तरी जिल्लाको नयाँ क्रियाशील सदस्यताको विवाद टुंगिन सकेको छैन । यस्तै सिन्धुपाल्चोक, सर्लाही, धनुषा र रसुवामा पनि सदस्यताको विवाद कायमै छ । साथै, अहिलेसम्म ७७ वटै जिल्लाका लागि निर्वाचन अधिकृत तोक्ने काम पनि हुन सकेको छैन ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहिबार  ७ : ५५ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका