२९ मंसिर २०८२, सोमबार | December 15, 2025

ग्लोबल आइएमई बैंक र क्लासिक भिल्लाबीच सम्झौता



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र क्लासिक भिल्ला प्रा.लि.बीच ग्राहकवर्गलाई सहुलियत ब्याजदरमा आवासीय घर कर्जा प्रवाह गर्ने सम्झौता भएको छ ।

समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मी र क्लासिक भिल्ला प्रा.लि.का अध्यक्ष बाबुराजा महर्जनले हस्ताक्षर गरेका छन् ।

उक्त समझदारी अनुसार बैंकले क्लासिक भिल्लाले ललितपुर महानगरपालिका वडा नं २३ धापाखेलमा निर्माण गर्ने आवासीय घर परियोजनामा घररजग्गा खरिद गर्न चाहने नेपाली नागरिकहरुलाई सहुुलियत ब्याजदरमा घर कर्जा प्रवाह गर्नेछ । यसका साथै ग्लोबल आइएमई बैंक क्लासिक भिल्ला प्रा।लि।ले निमार्ण गर्ने परियोजनाको बैकिङ्ग पार्टनरको रुपमा पनि रहने छ ।

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई लाभान्वित गर्दै आएको छ । हाल बैंकले घर कर्जाको लागि ७.९९ प्रतिशत (प्रिमियम सहित)को आकर्षक ब्याजदरमा बिशेष घर कर्जा योजना सिमित अबधिको लागि संचालन गरिरहेको छ ।

ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु(याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २८० शाखा, २४८ एटीएम, २५७ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८५० सेवा केन्द्रबाट २३ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहिबार  १ : ४८ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार