३ चैत्र २०८२, मंगलबार | March 17, 2026

फुड एप भोजबाट खानेकुरा खरिद गरेर आइएमई पेबाट भुक्तानी गर्दा २०% क्यास ब्याक पाइने



काठमाडौ । नेपालको वान स्टप फुड एप भोजबाट खरिद गरी आइएमई पेबाट भुक्तानी गर्दा २०% क्यास ब्याक पाइने भएको छ ।

यसै विषयमा आज  आइएमई पे र भोजवीच सम्झौता भएको छ । सम्झौता अनुसार फुड एप भोजबाट खरिद गर्दा सेवाग्राहीहरुले अबदेखि आइएमई पे एप मार्फत सजिलैसँग भुक्तानी गर्न सक्नेछन् ।

भोज र आइएमई डिजिटल सोलुसन लिमिटेडवीच भएको सम्झौता पश्चात अब भोज्बाट आइएमई पे माफर्त खरिद गर्दा रु ५०० नबढ्ने गरी २०% क्यासब्याक गरी सेवाग्राहीले प्राप्त गर्न सक्नुहुनेछ । अफर १३ अगस्त २०२१ देखि १९ अगस्त २०२१ सम्म लागु हुनेछ ।

उक्त अवसरमा बोल्दै आइएमई डिजिटल सोलुसन लिमिटेडका बजार ब्यवस्थापक आमोद भट्टराईले भोज्मा ‘आइएमई पे को भुक्तानी सेवासंगै २०% क्यास ब्याकको योजना पनि शुरु भएको हुँदा आइएमई पेबाट भुक्तानी गरी सेवाग्राहीहरुले अधिकतम फाइदा लिनेमा आफू विस्वस्त रहेको बताए ।

सेवा शुरुआत गरिएको उपलक्ष्यमा बोल्दै भोजका सह–सस्थापक निकेत अग्रवालले भोजदिल्स्बाट खरिद गर्दा आइएमई पे मार्फत भुक्तानी गर्न सकिने हुँदा सेवाग्राहीहरूलाई अझ सजिलो हुने र क्यास ब्याकको फाइदा पनि उठाउन सक्ने विश्वास ब्यक्त गरे ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहिबार  ७ : ०१ बजे

क्यान्सर परीक्षण गर्न काठमाडौं महानगर र वीर अस्पतालबीच सहकार्य

काठमाडौं । महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलामा कति ?

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको

पृथ्वी राजमार्ग विस्तार : अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी

धादिङ । पृथ्वी राजमार्ग विस्तारका काममा सडक दायाँवायाँ बिजुलीका पोल

अमेरिकी विमानवाहक युद्धपोतमा ३० घण्टासम्म आगलागी

काठमाडौं । अमेरिकाको सबैभन्दा ठूलो विमानवाहक युद्धपोत यूएसएस गेराल्ड आर

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

पोखरा । नेपाल पर्यटन बोर्डले पोखरा अन्तराष्ट्रिय विमानस्थल, नागरिक उड्डयन