७ श्रावण २०८३, बिहिबार | July 24, 2026

देउवा सरकारको एक महिना : मन्त्रिमण्डलले अझै पूर्णता पाएन



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको बिहीबार एक महिना पूरा भएको छ । सरकार गठन भएको एक महिना बितिसक्दासमेत अझै मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । यस अवधिमा प्रधानमन्त्री देउवाले पाँचजना मन्त्री नियुक्ति गर्नेबाहेक अन्य मन्त्री नियुक्त गर्न सकेका छैनन् ।

सत्ता गठबन्धनले सरकारको न्यूनतम साझाकार्यक्रम सार्वजनिक गरेपनि महत्वपूर्ण मानिएको मन्त्रिमण्डलले भने पूर्णता पाउन सकेको छैन । मन्त्रालय भागवण्डामा गठबन्धन दलहरूबीच सहमति जुटे पनि सरकारमा सहभागी हुने विषयमा सत्तारूढ दलहरूबीच किचलो रहेको छ ।

प्रधानमन्त्री देउवाले सरकारलाई पूर्णता दिन चाहे पनि माओवादी केन्द्र र जनता समाजवादी पार्टीले अझै मन्त्री छनोट गर्न सकेका छैनन् । सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेसँगै मन्त्रिमण्डललाई पूर्णता दिने सत्तागठबन्धले तयारी गरे पनि आ-आफ्नो दलभित्रको किचलोको कारण मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन् ।

मन्त्रिमण्डलले पूर्णता पाउन नसक्दा प्रधानमन्त्री देउवाले आफ्नो निजी सचिवालयसमेत गठन गर्न सकेका छैनन् । मन्त्रिमण्डललाई पूर्णता दिन सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच दैनिकरूपमा वार्ता र छलफल हुने गरे पनि सहमति जुट्न सकेको छैन । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीभित्र मन्त्री बन्न हानाथाप शुरू भएपछि मन्त्रिमण्डल विस्तारमा ढिलाई हुँदै आएको हो ।

त्यसै गरी सरकारले कोभिड संक्रमणको दर बढिरहे पनि रोकथाम र नियन्त्रणको लागि प्रभावकारी कार्यक्रम अझै सार्वजनिक गर्न सकिरहेको छैन । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  ७ : ११ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा, कालो बजारीको रकम फिर्ता गराइयो

सुर्खेत । सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

तिलोत्तमाबाट ठुलो परिमाणको ब्राउनसुगर सहित १ जना पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ मंगलापुरबाट ठुलो परिमाणको लागुऔषध

अन्दाज र परीक्षणको भरमा राज्य सञ्चालन गरिए देश ठप्प अवस्थातर्फ उन्मुख हुन सक्छ : राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले राजनीतिक भविश्यबाणी गर्दै ‘देश ठप्प

बाँकेमा वाम दलहरुले संयुक्तरुपमा मनाए पुष्पलाल स्मृति दिवस

नेपालगन्ज । बाँकेमा क्रियाशील वाम दलहरुले संयुक्तरुपमा नेपाल कम्युनिस्ट पार्टीका

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी