काठमाडौं । रौतहतमा जिउँदै मान्छे जलाएर मारेको अभियोगमा जेल सजायँ काटिरहेका कांग्रेस नेता एवं पूर्व सांसद मोहम्मत आफ्ताफ आलमको मुद्दा हेर्न नभ्याइने सूचीमा परेको छ ।
थुनाबाट छुट्न पाउनुपर्ने जिरिक गर्दै आलमले सर्वोच्च अदालतमा रिट दिएका थिए । शुक्रबार न्यायाधीसद्वय प्रकाशमानसिंह राउन र कुमार चुडालको इजलासमा उनको रिट परेको थियो । तर रिट हेर्न नमिल्नेमा पुगेको छ ।
आलमले पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन २७ चैत २०६४ मा रौतहटमा बम बनाउँदै गर्दा विस्फोट भएपछि घटनालाई ढाकछोप गर्न विस्फोटबाट बाँचेका व्यक्तिलाई उनले जिउँदै इट्टा भट्टीमा हालेर मारेको अभियोग लागेको छ ।
रौतहट जिल्ला अदातले सो अभियोगमा उनलाई दोषी ठहर गर्दै जेल पठाएको थियो । आलम सोही आदेश विरुद्ध आलम सर्वोच्च अदालत पुगेका हुन् ।
प्रतिक्रिया