८ चैत्र २०८२, आइतबार | March 22, 2026

आर्थिक सम्मृद्धिका लागि उत्पादन बढाउन लुम्बिनी प्रदेश प्रमुख शेरचनको आग्रह



बुटवल । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले देशको आर्थिक समृद्धिका लागि उत्पादनमुलक उद्योग र व्यापारको विकास गर्दै स्वदेशी उत्पादन बढाउनुपर्ने बताएका छन् । प्रदेश प्रमुख शेरचनले नेपालमा रहेको अपार प्राकृतिक सम्पदाको सहिरुपमा उपयोग गर्न नसकिएको उल्लेख गर्दैै कृषि र पर्यटन क्षेत्रलाई समृद्धिको जग बनाउन आग्रह समेत गरेका छन् ।

लुम्विनी चेम्बर अफ कर्मशको प्रथम साधारणसभा तथा अधिवेशनको शुक्रवार बुटवलमा उद्घाटन गर्दै उनले निर्यातमुखी अर्थतन्त्रमा सुधार गर्दै राष्ट्रिय अर्थतन्त्रको विकासमा लाग्न उद्योगी व्यवसायीहरुलाई आग्रह गरे । ‘वजारको विविधिकरण गर्दै आयातलाई प्रतिस्थापन गर्ने खालका उद्योगहरु खोल्नु आजको आवश्यक्ता हो ।’ उनले भने ।

शेरचनले अहिलेको निति र कार्यक्रमबाट देशमा समृद्धि आउन सक्ने अवस्था देखिदैन भन्दै २००७ सालबाट राष्ट्रिय सम्पत्तिको संरक्षण उपयोग गर्ने सोंचको विकास नै हुन नसकेको गुनासो गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल चेम्बर अफ कर्मसका केन्द्रीय अध्यक्ष राजेन्द्र मल्लले कोभिडको विषम परिस्थितीमा अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले छुट्टै नीति बनाउनु पर्ने बताउदै लगानी मैत्री वातावरण तयार गर्न आग्रह गरे । उनले राज्यले आर्थिक समृद्धिका लागि कृषि, पर्यटन र उद्योगलाई संगसगै लैजाने अवस्था सिर्जना गर्दै आयात प्रतिस्थापनको लागि नीजिको भूमिकालाई बढाउन सुझाव दिए ।

लुम्विनी चेम्बर अफ कमर्सका अध्यक्ष टंकप्रसाद पोखरेलले महामारीले आक्रान्त भएका बेला नीजि क्षेत्रले पुर्याएको योगदान नबिर्सिन सरकारलाई आग्रह गरे । उनले उद्योगी ब्यवसायीलाई कोभीड खोप उपलब्ध गराउने कुरामा राज्यले कञ्जुस्याईं गरिरहेको गुनासो गर्दै नीजि क्षेत्रले गरेको योगदानको कदर गर्न आग्रह गरे । रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लाोहनीको स्वागत तथा जेपी कंडेलको सञ्चालनमा भएको कार्यक्रममा आर्थिक मामिला मन्त्रालयका सचिव बाबुराम अधिकारी, उद्योग मन्त्रालयका डा. राजेन्द्र केसी, पत्रकार सुमन अधिकारी लगायतले आ आफ्नजो धारणा राखेका थिए ।

अधिवशेनले टंक प्रसाद पोखरेलको अध्यक्षतामा चयन भएको प्रदेश समितिको नयाँ नेतृत्वलाई अनुमोदन गरेको छ । अधिवेशन लगत्तै बसेको प्रदेश समिति बैठकले उपाध्यक्ष श्रीधर महरा(दाङ), महासचिव जेपी कंडेल(रुपन्देही), कोपाध्यक्ष युवराज न्यौपाने(गुल्मी) र सचिव चिरञ्जीवी पोखरेल(पाल्पा) लाई पदाधिकारी चयन गरेको छ । त्यस्तै बैठकले मन्जु पराजुली र शिब ज्ञवालीलाई कार्यसमिति सदस्यमा मनोनयन गरेको छ । कमर्सका प्रदेश सस्यहरुमा जिल्ला चेम्बर अफ कमर्स क्षेत्रबाट उदयराज लम्साल(बर्दिया चेम्बर अफ कमर्स), यमकुमारी सुवेदी (नवलपरासी चेम्बर अफ कमर्स), मदन खड्का (प्यूठान चेम्बर अफ कमर्स), उपमहानगर चेम्बर अफ कमर्सबाट पदम पोखेरल (तुल्सीपुर उपमहानगर चेम्बर अफ कमर्स), नगर चेम्बर अफ कमर्स क्षेत्रबाट जयप्रकास गुप्ता (कृष्णनगर चेम्बर अफ कमर्स), सुकदेव बेल्वासे (भूमिकास्थान चेम्बर अफ कमर्स), खिमबहादुर खत्री(प्रस्तावित सिद्धार्थनगर चेम्बर अफ कमर्स) र गाउपालिका चेम्बर अफ कमर्स क्षेत्रबाट उमानाथ घिमिरे(रैनादेवीछहरा गाउपालिका अफ कमर्स) निर्वाचित भएका छन् ।

निर्वाचनबाट १४ सदस्यीय प्रदेश समिति गठनका लागि जिल्ला चेम्बर अफ कमर्स क्षेत्रबाट ६ जना, उपमहानगर चेम्बर अफ कमर्सबाट १ जना, नगर चेम्बर अफ कमर्स क्षेत्रबाट ४ जना, गाउँपालिका चेम्बर अफ कमर्स क्षेत्रबाट २ जना र वडा चेम्बर अफ कमर्स क्षेत्रबाट १ जना चयन हुने र सोहीबाट पदाधिकारी चयन गर्ने प्रावधान रहेको छ ।

वि.स. २००७ सालमा स्थापित नेपाल चेम्बर अफ कमर्स उद्योग वाणिज्य क्षेत्रको पहिलो संगठित संस्था हो । मुलुकभरका संगठन विस्तार गर्ने लक्ष्यसहित चेम्बरको विधानमा संशोधन गरि मिति २०७४ पौष ९ गते नेपाल सरकार मन्त्रिपरिषदबाट स्वीकृति प्राप्त भएको थियो ।

 

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  १० : ४० बजे

CFRD and GCD Deliver Panda Packs to 5,005 Students Across 56 Rural Nepali Schools

Kathmandu: week-long intensive educational mission across Nepal’s rural heartlands concluded

देशका १२३ वटा विद्यालयहरुमा ‘नबिल स्वच्छ खानेपानी अभियान’ संचालनमा

काठमाडौँ । नबिल बैंक लिमिटेडले विश्व पानी दिवसको अवसरमा ‘नबिल

युद्ध सुरु भएदेखि ८० हजार भन्दा बढी नागरिक स्थलमा आक्रमण

काठमाडौं । संयुक्त राज्य अमेरिका र इजरायलले इरानविरुद्धको युद्ध सुरु

बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

नेपालगन्ज । बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् ।

सुन तोलामा बाह्र हजार पाँच सयले घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ