४ पुस २०८२, शुक्रबार | December 19, 2025

बुटवलको कोरोना अस्पतालमा आइसीयू थपिँदै



बुटवल । बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा आइसीयू र भेन्टिलेटरसहितका बेडहरु थप गरिँदै छ ।

बुटवल उप–महानगरपालिका र लुम्बिनी प्रादेशिक अस्पतालको सहकार्यमा धागो कारखानामा निर्माण भएको बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा १० बेडको आइसीयूसहित भेन्टिलेटर कक्ष निर्माण कार्य अन्तिम चरणमा पुगेको प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो ।

प्रमुख सुवेदीसहित लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सुर्यबहादुर भट्टराई, गौतम बुद्ध सामुदायिक अस्पतालका अध्यक्ष एजाज आलम सहित विभिन्न क्षेत्रका स्वास्थ्यकर्मी र प्राबिधिकहरु काममा खटिनुभएको छ ।

आइतबार (आज) बेलुकासम्ममा तयार गर्नेगरी काम भइरहेको कोरोना विशेष अस्पताल समन्वय समितिका सदस्यसमेत रहनुभएका गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष आलमले जानकारी दिनुभयो ।

बुटवलका स्वास्थ्य संस्थाहरुमा झण्डै दुई हजार जनाको परीक्षण

यसैबीच बुटवलका विभिन्न ठाउँमा रहेका स्वास्थ्य संस्थाहरुमा झण्डै दुई हजार जनाको ज्वरो, रुघाखोकी र स्वासप्रस्वासको समस्यासहितका विभिन्न फ्लूको परीक्षण भएको छ ।

फिवर क्लिनिकमा आशंका लागेर जचाउँन गएकाहरुको परीक्षण गरिएको हो । उनीहरुमा कोरोनाको त्रास रहेपनि लक्षण भने नरहेको स्वास्थ्य शाखा प्रमुख सिंहले जानकारी दिनुभयो ।

केही आशंका लागेका वा सामान्य लक्षण मिल्ने एक सय ७१ हरुलाई लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको उहाले बताउनुभयो ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ११ : १९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको