५ श्रावण २०८३, मंगलबार | July 22, 2026

क्वारेन्टाइनमा बसेका सबैको आरडिटी परीक्षण गरिने



बुटवल । बुटवल उपमहानगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बसेका एक सय ४७ जनाको ¥यापिड डाइगोनोस्टिक टेस्ट किट (आरडिटी) बाट कोरोना भाइरसको परीक्षण गर्ने तयारी गरिएको छ ।

बुटवलले वडा नं. १२ तामनगरमा सञ्चालित क्वारेन्टाइनमा १४ दिन बसाई पूरा हुँदासाथ आरडिटी विधिमार्फत् कोरोना परीक्षण सुरु गरिने छ । उनीहरुको १४ दिनको बसाई आगामी बैशाख ५ गते पूरा हुने छ । त्यसैदिन सबैको परीक्षण गर्ने प्राविधिकहरु तयारी अवस्थामा राखिएको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत शर्माले जानकारी दिनुभयो ।

बुटवलले चैत ३ गते वा सोभन्दा पछि बाहिरी मुलुकबाट आएका व्यक्तिहरुको खोजी गरि क्वारेन्टेइनमा राखेको छ । तिनै व्यक्तिहरुको आरटीडी परीक्षणका लागि प्राविधिकरुलाई तयारी अवस्थामा राखिएको छ । सुरु गरिएको हो । प्रदेश सरकारको सहयोग र लुम्बिनी प्रादेशिक अस्पतालको सहकार्यमा परीक्षणका लागि तयारी गरिएको बुटवल उपमहानगरकाले जनाएको छ ।

उपमहानगरपालिकाले बाहिरबाट आएर बसेका त्यस्ता व्यक्तिहरुको खोजि गरि विवरण संकलन तथा निगरानीका काम जारी राखेको छ । १९ वटै वडाका टोल बिकास संस्थामार्फत अनुगमन भइरहेको छ ।

सरकारले क्वारेन्टाइनमा बसेका सबै जनाको आरडिटी विधिमार्फत् कोरोना परीक्षण गर्ने नीति बनाएको छ । भारतबाट आएर क्वारेन्टाइनमा हरुको कोरोना परीक्षण अनिवार्य गरिएको छ । सोही अनुसार बुटवलमा पहिलो चरणमा तामनगरको क्वारेन्टाइनबाट यस्तो परीक्षण गरिन लागेको हो ।

हालै बसेको कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले बाहिरबाट आएकाको सोधीखोजी क्वारेन्टाइनमा राख्ने, १४ दिनको अवधि पुगेकाको परीक्षणलाई व्यापकता दिने निर्णय गरेको थियो ।

सफाईकर्मीलाई सुरक्षा सामग्री

यसैगरी बुटवल उपमहानगरपालिकाले दैनिक सरसफाइमा खटेका सफाईकर्मी र किटनाशक विषादी छर्किरहेकाहरुरुलाई व्यक्तिगत सुरक्षाको लागि पुरा शरीर छोपिने गाउन, मास्क, ग्लोभ्स, गमबूट, सेनिटाइजर नियमित रुपमा उपलब्ध गराउने भएको छ ।

उपमहानगरपालिकाले नगरका सबै स्वास्थ्य संस्थाहरुमा आवश्यक पिपीईसहितका आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने भएको छ । सबै स्वास्थ्य संस्थामा यसअघि नै केही थान पीपीइ उपलव्ध गराइसकेको थियो ।

राहत वितरण जारी

उपमहानगरपालिकाले उपलव्ध सेवाहरुका अतिरिक्त विपद् राहत कोष, राहत वितरण कार्यक्रमका बारेमा विभिन्न समयमा सार्वजनिक सूचना, जानकारी र अपिल जारी गरिसकेको छ ।

पहिलो चरणमा दैनिक ज्यालादारीमा गुजारा चलाउँदै आएका श्रमिकहरुको लगत संकलन गरि राहत वितरण गरिसकिएको छ ।

हालसम्म करिब छ हजार घर परिवारलाई राहत वितरण गरिसकिएको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ११ : २३ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं