१५ चैत्र २०८२, आइतबार | March 29, 2026

आजको मौसम : देशका अधिकांश स्थानमा मौसम बदली‚ केही प्रदेशमा भीषण वर्षाको सम्भावना



काठमाडौं । मौसम पूर्वानुमान विभागका अनुसार आज प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ ।

मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहेकाले आइतबार बिहान देशको अधिकांश स्थानमा मौसम बदली रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशमा केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो पनि देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ ।

राति देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भने मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ६ : ५३ बजे

पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्का पक्राउ

काठमाडौं । पूर्व उर्जामन्त्री एवं कांग्रेस नेता दीपक खड्का पक्राउ

कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

म्याग्दी । पोखराका पर्यटन व्यवसायीहरूले आन्तरिक पर्यटकलाई लक्षित गरी कालीगण्डकी

अध्यक्ष ओलीको रिहाइ माग्दै एमालेद्वारा ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइँदै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी अध्यक्ष केपी

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

तेह्रथुम । जिल्लाको फेदाप गाउँपालिका-१ मा पोक्लाबाङ सांस्कृतिक सङ्ग्रहालय भवन

अबरुद्ध बिपी राजमार्गमा बिहानदेखि यातायात सञ्चालनमा

काभ्रेपलाञ्चोक । शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण