२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

लुम्बिनी प्रदेशको तत्कालिन सरकारले गरेको भनिएको एक निर्णय : मुख्यमन्त्री कार्यालय भन्छ -‘थाहा छैन’



बुटवल । लुम्बिनी प्रदेशमा शंकर पोखरेल नेतृत्वको सरकारका प्रवक्ताले मन्त्रिपरिषदको निर्णय भन्दै सुनाएको निर्णयहरु हुँदै नभएको मुख्यमन्त्री कार्यालयले स्पष्ट पारेको छ । पोखरेल नेतृत्वको सरकारले जाँदाजाँदै गरेको भनिएको लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेण्डेन्टको सरुवाको निर्णय कहीँ नभेटिएको मुख्यमन्त्री कार्यालयले जनाएको हो ।

पत्रकार सम्मेलनमा पत्रकारहरुको जवाफ दिँदै तत्कालिन सरकारका प्रवक्ता समेत रहेका अर्थिक माकिला तथा योजना मन्त्री बैजनाथ चोधरीले मेसु डा. राजेन्द्र खनाललेलाई रेडियोलोजी बिभागमा सरुवा गरेको जानकारी दिएका थिए । त्यस सम्बन्धमा मेसु परिवर्तन भएको खबर सार्वजनिक भएसँगै अर्का एक चिकित्सकलाई मेसु नियुक्त भएको भन्दै बधाईको ओईरो समेत आएको थियो । तर खबरकुरासँग कुरा गर्दै मुख्यमन्त्री कार्यालयका सचिव एवं प्रवक्ता डा. खगेन्द्र प्रसाद सुबेदीले त्यस्तो निर्णय भएको कुनै कागजपत्र नआएको बताए । उनले हटाउने र नियुक्त गर्ने निश्चित प्रक्रिया हुने र त्यस्ता कुनै प्रक्रिया र कागजपत्र कार्यालयमा प्राप्त नभएको स्पष्ट पारे । ‘सरुवा गरेको भन्ने कुनै प्रक्रिया पुगेको डकुमेण्ट फर्मल्ली हामीसँग आएको छैन ।’ उनले भने, -‘एउटा निबेदन आएको हो, जुन आउनु स्वाभाविक हो, तर प्रक्रिया पुगेको थिएन ।’

उता तत्कालिन सरकारका प्रवक्ता बैजनाथ चौधरीले भने सरकारले मेसु हटाउने निर्णय गरेको दाबी गरे । कर्मचारीले कुनैपनि बहानामा निर्णय फेरबदल गर्न नपाउने बताउँदै पूर्व मन्त्री चौधरीले जुन सरकार आएपनि पुर्ववत मन्त्रिपरिषदले गरेको निर्णय कार्यान्वयन गर्नु पर्ने बताए । कर्मचारीले अन्तसन्त गरे त्यसको हिसाव किताव सदनमा हुने चेतावनी समेत उनले दिए । ‘मन्त्रिपरिषदले गरेको निर्णय कार्यान्वयन गर्नु कर्मचारीको दायीत्व हो, यो एउटा ईस्टिच्युसनल मेमोरी पनि कुरा हो, अन्तसन्त गर्न पाईँदैन ।’ उनले भने ।

लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा. राजेन्द्र खनालले आफुलाई यस विषयमा कुनै जानकारी नभएको बताए । उनले बजारमा आएको चर्चा आफुलाई अस्वाभाविक लागेको बताउँदै उनले त्यसबाहेक आफुलाई कुनै पत्र वा जानकारी नआएको बताए । ‘रेडियोलोजी बिभागका प्रमुखलाई रडियोलोजी बिभागमा सरुवा गरियो भन्ने जुन हल्ला आएको थियो त्यो पत्याउने खालको थिएन ।’ उनले भने ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ६ : ११ बजे

बागलुङमा भिरबाट लडेर एक महिलाको मृत्यु

बागलुङ । बागलुङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ

सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्धको रिटमा सर्वोच्चद्वारा दुवै पक्षलाई छलफलमा बोलाउने आदेश

काठमाडौं । सरकारी विज्ञापन निजी सञ्चारमाध्यमलाई नदिने सरकारको निर्णयविरुद्ध दायर

वैशाख १५ गतेदेखि नयाँ शैक्षिकसत्र : बढी शुल्क लिने निजी विद्यालयमाथि अनुगमन हुँदै

काठमाडौं । आगामी वैशाख १५ गतेदेखि नयाँ शैक्षिकसत्रको सञ्चालन र

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा गुणाकर भट्टलाई नियुक्त

एसईई दिएर फर्किँदै गर्दा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको जलेर मृत्यु

महोत्तरी । यहाँस्थित जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा गाउँमा आज दुईवटा