१४ कार्तिक २०८३, शनिबार | October 31, 2026

रुपन्देही प्रहरीबाट डिजेल तस्करी गर्ने मालबाहक ट्रक सहित २ जना पक्राउ



बुटवल । भारतीय बजारमा भन्दा नेपालमा डिजेलको मुल्य सस्तो भएपछि भारतबाट नेपाल आएका मालबाहक ट्रकहरुले फर्कने क्रममा डिजेलको अवैध निकासी गर्ने गरेको खुलासा भएको छ । रुपन्देही प्रहरीले आज ठुलो परिमाणमा डिजेल भारत तर्फ निकासी गर्दै गर्दा फेला पारेपछि ईन्धन तस्करीको खुलासा भएको हो ।

भारतबाट नेपाल तर्फ सामान लिएर आएको मालबाहक गाडी फर्कने क्रममा ५०० लिटर बढी डिजल भरेर भारत तर्फ फर्कँदै गर्दा प्रहरीले पक्राउ गरेको छ । भारतीय नम्बर प्लेट आरजे ०२ जीबी ४०५६ नम्बरको २२ चक्के गाडीमा अतिरिक्त ट्याङ्की जडान गरि भारत तर्फ डिजेल ओसार्दै गरेको अवस्थामा प्रहरीले सो गाडी र गाडीका चालकलाई पक्राउ गरि भन्सार कार्यालय बुझाएको छ ।

प्रहरीले अवैध निकासी हुँदै गरेको ५०० लिटर डिजेल सहितको गाडी र गाडीका चालक भारत राजस्थानका राजेश डागुर र सहचालक ओमप्रकाश समेतलाई नियन्त्रणमा लिई भन्सार कार्यालय चलान गरिएको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक सत्यनारायण थापाले बताए । प्रहरीले अन्दाजी ४० लाख ४ हजार बराबरको मुल्याँकन गरि भान्सार कार्यालय बेलहियामा चलान गरिएको डीएसपी थापाले बताए ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  १० : ३२ बजे

सञ्चारकर्मीमाथि भएको व्यवहारको छानबिन गरी दोषीमाथि कारबाही गर्न रास्वपाको निर्देशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार सञ्चारकर्मीमाथि समाचारका विषयलाई लिएर

कांग्रेसले बोलायो विशेष बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पछिल्ला समसामयिक घटनाक्रमबारे

बडीमालिकामा हिमपात, एक जनाको उद्धार, एकको खोजी जारी

बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा हिमपातपछि फसेका

हिमपात भएपछि मनाङमै रोकिए पर्यटक

मनाङ । बङ्गालको खाडीमा उत्पन्न अर्नब चक्रवातको प्रभावका कारण हिमाली