२३ बैशाख २०८१, आइतबार | May 5, 2024

तालिबानले भन्यो : अफगानिस्तानमा युद्ध सकियो



काठमाडौं । विद्रोही लडाकु समूह तालिबानले अफगानिस्तानमा ‘युद्ध समाप्त’ भएको जनाएको छ । तालिबानका प्रवक्ता मोहम्मद नईमले समाचार संस्था अल जजिरासँग भने, ‘अफगानिस्तानमा युद्ध समाप्त भएको छ ।’

अल जजिरालाई दिएको एक अन्तर्वार्तामा तालिबानका प्रवक्ता नईमले आफूहरुले अन्तर्राष्ट्रिय समुदायसँग शान्तिपूर्ण सम्बन्ध राख्न चाहेको र ‘उनीहरुसँग कुनैपनि मुद्दामा छलफल गर्न तयार रहेको’ बताएका हुन ।

अल जजिराले अफगानिस्तानको राष्ट्रपति भवनमा तालिबान लडाकुको भिडियो जारी गरेको छ ।

प्रवक्ता नईमले तालिबान अलग भएर बस्न नचाहेको बताएका छन् । उनले अफगानिस्तानमा कस्तो खालको शासन व्यवस्था हुनेछ भन्नेबारे चाँडै स्पष्ट हुने बताए ।

उनले शरिया कानुनको माध्यमबाट महिला र अल्पसंख्यको अधिकार र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गरिने बताए ।

प्रवक्ता नईमले आफूहरुले कसैमाथि हस्तक्षेप नगर्ने नीति अपनाउने भन्दै अफगानिस्तानको मामलामा पनि हस्तक्षेप नगर्न चेतावनी दिए । उनले ‘अफगानिस्तानमा कुनै पनि विदेशी सेनाले असफल अनुभवलाई दोहोर्याउने’ बारे तालिबानले नसोच्ने बताए ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  ८ : ३४ बजे

गुजरातमाथि रोयल च्यालेन्जर्स ४ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी-बराहक्षेत्र र पाथीभरा जोडिने

खोटाङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई

छ करोडको लागतमा तनहुँको बुल्दीखोलामा पुल बन्दै

तनहुँ । व्यास नगरपालिका-१ र २ जोड्नेगरी कराङकाठ-बसपार्क जाने बुल्दीखोलामा

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु

स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जित्यो

काठमाडौं । स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जितेको छ